होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त
समाचार

नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

  • नागरिक रैबार
नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको २७औं आईजीपीमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले प्रदेश १ मा कार्यरत डीआईजी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

आईजीपी सर्वेन्द्र खनालसहित ३ एआईजी र १९ डीआईजीले मंगलबार मध्यरातबाट ३० वर्षे सेवाहदका कारण अवकाश पाउने छन् । ज्ञवाली ०४७ असार २५ देखि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । ३० वर्षे सेवाहदका कारण उनको आईजीपीको कार्यकाल ५ महिनाको मात्रै हुनेछ । उनको प्रतिस्पर्धीका रुपमा डीआईजी तारणी लम्साल थिए ।

डीआईजीबाटै आईजीपी नियुक्त गर्दा डीआईजीमध्ये ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्नसक्ने, नेतृत्व प्रदान गर्न सक्ने, आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन÷परिचालन गर्नसक्ने हुनुपर्ने विषयलाई आधार मानिन्छ ।

को हुन ज्ञवाली ?
२०२२ असोज २८ गते प्यूठानको तत्कालीन बाधिकोट गाविसमा जन्मीएका ज्ञवाली मध्यम परिवारमा जन्मिए । बाल्यकाल गाउँमै बिताएका ज्ञवालीले राजनीति शास्त्रमा एमए गरेका छन् । उनीहरूका चार भाइ हुन् ।

विज्ञापन

ज्ञवालीका भाई श्याम ज्ञवाली पनि अहिले एसएसपी छन् । ज्ञवालीका भने एक छोरा र एक छोरी छन् । हाल काठमाडौंको वनस्थलीमा बस्दै आएका ज्ञवाली प्रहरी निरीक्षकबाट डीआईजीसम्म पुग्दा कुनै विवादमा परेका छैनन् । उनले यसअघि दाङ, रुकुम, बारा, झापा, केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश नम्बर एकको प्रहरी प्रमुख, लागुऔषध नियन्त्रण ब्युरोलगायतको कमान्ड र जिम्मेवारी सम्हालिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार