होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छाउगोठ मुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा
समाचार

छाउगोठ मुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा

  • नागरिक रैबार
छाउगोठ मुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा

नागरिक रैबार/बाजुरा २८ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडा नं. ९ ले आफ्नो तयारी अन्तिम चरणमा पुगाएको छ ।

बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग वडा नं. ९ छाउगोठ मुक्त वडा घोषणा हुन लागेको हो । वडा भित्रका महिलाहरू छाउ भएको बेला परिवार संगै घरभित्र सुरक्षित बस्न थालेपछि वडालाई छाउगोठ मुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको मंगलबार वडामा गरिएको सर्वपक्षिय बैठकमा वडा अध्यक्ष विनोद कुमार विकले जानकारी गराएका हुन् ।

वडा भित्रका छाउपडी महिला र छाउगोठ गोठको अवस्था बारे माघ २६ गते विभिन्न सरोकारवाला निकायले गरेको अनगुमनबाट आएको प्रतिवेदन सार्वजनिक गरेपछि वडालाई छाउगोठ मुक्त वडा घोषणा गर्न लागिएको बताईएको छ ।

विज्ञापन

बडीमालिका नगरपालिकाका ९ मध्ये ४ वटा वडाहरु यस अघि नै छाउगोठ मुक्त घोषणा भईसकेका छन् भने बडीमालिका ९ फागुन ४ गते घोषणा हुने भएको छ । छाउगोठ मुक्त वडा घोषणा कार्यक्रमलाई भव्य बनाउन वडा भित्रका विभिन्न महिलाहरु समूहरुको देउडा खेल प्रस्तुति, विभिन्न साँस्कतिक कार्यक्रमहरु समेत देखाईने भएका छन् । वडा घोषणा कार्यक्रमलाई सफल बनाउन पिसविन, गिफ्ट र सहास नेपालले पनि सहयोग गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार