होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन नेता नेपाल टर्किस एयरको विमानद्वारा आज बिहान इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन् । नेता नेपाल भदौ १ गते स्वदेश फर्किने छन् […]
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन् । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएका कारण आज पनि बैठक चल्ने सम्भावना […]
काठमाडौँ । ललिता निवास क्याम्प भित्रको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौँ जिल्ला अदालतले आइतबार गच्छदार सहित चार जना पूर्वमन्त्रीविरुद्ध पुर्जी जारी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका एकजना अधिकृतले बताए । ब्यूरो स्रोतका अनुसार पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध पुर्जी जारी […]
अछामः गृह मन्त्रालयले अछामका प्रमुख जिल्ला अधिकारीको साढे दुई महिनामै सरुवा गरेको छ।आइतवार साँझको मन्त्रीस्तरीय निर्णयअनुसार अछामका प्रमुख जिल्ला अधिकारी सहसचिव शिवराम न्यौपानेलाई गृह मन्त्रालयमा तानेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उपसचिव शरद कुमार पोखरेललाई अछामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। जेठ सात गते मात्रै अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका न्यौपानेको साढे दुई महिनाकै […]
नागरिक रैबार/ बाजुरा २१ साउन। जिल्लाका गाैमुल गाउँपालिकाले पशुचाैपायमा महामारीका रुपमा देखिएको “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिकहरुलाई गाउँगाउँमा खटाएको छ । गाउँपालिकाले पशुचाैपायमा देखिएको लम्पी स्कीन रोगका विरुद्ध खोप लगाउन पुश प्राविधिकहरुको टोली गाउँगाउँमा खटाएको हो । गाउँपालिका भरि व्यापक रुपमा फैलिएको लम्पी स्कीन रोग विरुद्धको खोप गाउँपालिकामा पुगेपछि पशु प्राविधिकहरुको टोलीलाई गाउँगाउँमा […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सवै तहका कमिटीहरु निर्वाचनमार्फत चयन गर्ने भएको छ । परम्परागत ढंगले कमिटीहरु गठन गर्दा चलायमान हुन नसकेको निष्कर्षका साथ अबदेखि माओवादीले निर्वाचन पद्दतिमार्फत कमिटीहरु गठन गर्न लागेको हो । माओवादीले अहिलेसम्म अधिकांश पार्टी कमिटी चयन गर्दा टीके प्रथाबाट गर्दै आएको थियो । माओवादी केन्द्रकी केन्द्रीय सदस्य नारायणी शर्माले बैठकले पार्टी […]
नागरिक रैबार/बाजुरा २१ साउन।बाजुरा जिल्लाको स्वास्थ्य उपचार समस्या र सेवाको सुधार गर्न माग गर्दै स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका छन् । बाजुरामा स्वास्थ्य उपचार सेवा प्रभावकारी नभएर बाजुरेली जनताले अकालमै ज्यान गुमाउनु परेको र जिल्लामा दरवन्दी अनुसार स्वास्थ्य कर्मीको अभाव भएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतलाई मन्त्रालयमै […]
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुरामा विद्युत अनियिमत भएको र जनताले विद्युतको समस्या दिनहुँ झेल्नु परेको भन्दै एमाले निकट अनेरास्ववियुले नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अनियमित हुने गरेको भन्दै अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो । विगत १ महिना यता प्रत्येक दिन विद्युत सेवा अनियमित […]
बाजुराः बाजुरामा भालुको आक्रमणबाट २५ बाख्रा मरेका छन्।जिल्लाको हिमाली गाउँपालिका–१ टिनका वीरबहादुर बोहराका ३० बाख्रा भालुको आक्रमणमा परेका हुन्। साथै भालुको आक्रमणबाट पाँच बाख्रा घाँइते भएका छन्। बिहीबार दिउँसो गैरी पाटनको जंगलमा चरिरहेको बेला जंगली भालुले आक्रमण गरी बाख्रा मारेको प्रहरीले जनाएको छ। दुई बाख्राका आँखा झिकेर खाएको र २८ बाख्रालाई भालुले मारिफालेको स्थानीय दलवीर […]
धनगढीः सुदूरपश्चिममा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको प्रकोप सघन रुपमा फैलिएको हो। प्रदेशका अन्य जिल्लासहित देशैभर फैलिएको आँखा पाक्ने समस्या एडिनो भाइरसको संक्रमणले भएको चिकित्सकहरुले बताएका छन्। आँखा पाक्ने समस्या समान्यतया ५ देखि ७ दिनमा निको हुने भए पनि ब्याक्टेरियाको समेत संक्रमण भए आँखामा गम्भीर समस्या […]
काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही हाल बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण […]
धनगढीः कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको शिक्षासङ्गै सीप अभियान सञ्चालन गर्ने भएको छ। स्ववियुले पढाइसङ्गै दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपमूलक तालिमहरू विज्ञ प्रशिक्षकद्वारा निस्शुल्क सञ्चालन गरिने भएको हो। विभिन्न विषयमा तालिम लिन इच्छुक विद्यार्थीहरुले आफ्नो इच्छाएको एकमात्र विषय खुलाएर आवेदन दिन सूचना निकालिएको छ। तालिम लिन इच्छुक विद्यार्थीले यही श्रावण ३० गते सम्म […]
काठमाडौँ । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी माओवादी केन्द्रको चौथो दिन बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ । आजको बैठकमा पनि झण्डै दुई सयको हाराहारीमा नाम टिपाइएकाले सदस्यहरूले बोल्ने क्रम भोलि नरोकिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी […]
नागरिक रैबार/बाजुरा १७ साउन । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सुदूरपश्चिमकाे प्रमुख धार्मिक स्थल बडीमालिका क्षेत्रमा ११ औं बैठक गर्ने निर्णय गरेको छ । अनेरास्ववियुकाे हिजाे मार्तडीमा बसेकाे १० बैठकले अर्काे ११ औं बैठक धार्मिक स्थल बडीमालिका क्षेत्रमा बस्ने निर्णय गरेकाे अध्यक्ष दिलबहादुर थापा भाेटेले बताएका छन् । त्यस्तै बैठकले बर्षादको समयमा हुने विपदजन्य घटनामा […]
नागरिक रैबार/बाजुरा १७ साउन।राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा बुधबारदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । सदरमुकाम मार्तडीस्थित नेकपा एमाले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयको एक कोठामा आफ्नो सम्पर्क कार्यालय रहने गरी कार्यालय स्थापना गरिएको सचिव विष्न कार्कीले बताएका छन् । कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन […]
मोरङ– कोशीको मुख्यमन्त्रीमा गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक मंगलबार नियुक्त भएका छन् ।सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्याउन पदबाट राजीनामा दिएर दाबी पेस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले दिएको समयभित्रै संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवदेखि प्रत्येक महिनाको १ र १५ गते पुरुष र महिलाविच देउडा खेल संचालन हुने भएको छ ।सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले महिनाको १ र १५ गते लाईभ देउडा संचालन गरिने भएको हो । लाईभ देउडाको पहिलो दिन हिजो साउन १५ गते चर्चित […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ४ वटा वडा सचिव विहिन बनेका छन् । ७ वटा वडा रहेको खप्तड क्षेडेदहमा ४ वटा वडा सचिव बिहिन बनेका हुन् । २, ३, ४ र ७ नम्वर वडामा वडा सचिव नहुँदा स्थानीयहरु अहिले वडामा हुने विभिन्न कामका लागि गाउपालिकाको कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा […]
नागरिक रैबार/बाजुरा १५ साउन। मार्तडी-गौमुल घटमुना सडक अवरुद्ध भएको छ । निरन्तरको अविरल वर्षासंगै सडकमाथिबाट पहिरो गएपछि मार्तडी-गौमुल सडक अवरुद्ध भएको हो । करिव १४ किलोमिटर रहेको उक्त सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । बडीमालिका नगरपालिका-९ को ठुलीसाँगु, मेलकाँध, २ को थलारा, मैमातोला नजिकै सडकमा पहिरो खसेर भत्काएपछि सडक अवरुद्ध […]
नागरिक रैबार/बाजुरा १५ साउन। जिल्लाको गौमुल गाउँपालिका-३ धल्काँडा र बेहरीका बाढी पहिरोबाट विस्थापित र जोखिममा रहेका १३ परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । साउन ११ गते राति आएको अविरल वर्षाका कारण विस्थापित बनेका उक्त वडाका ६ परिवारलाई टेन्ट,कम्मल र जोखिममा रहेका ७ परिवारलाई त्रिपाल र कम्मदल वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार […]