होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सामान्य प्रशासनमन्त्री मोदीलाई माओवादीले फिर्ता बोलायो
समाचार

सामान्य प्रशासनमन्त्री मोदीलाई माओवादीले फिर्ता बोलायो

  • नागरिक रैबार
सामान्य प्रशासनमन्त्री मोदीलाई माओवादीले फिर्ता बोलायो

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको आइतबार बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलगायतका कारणले शपथ हुन सकेको थिएन ।

माओवादी पदाधिकारीको बैठकले सरकारमा रहेर राम्रो काम गर्दागर्दै पनि यसअघिको सहमतिका कारण एक मन्त्रालय जनमतका लागि छोड्नुपरेको पुनले बताए । जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ ।

विज्ञापन

मन्त्री मोदीले प्रधानमन्त्री दाहाल र पार्टीको निर्णय स्वीकार रहेको बैठकमा बताएका थिए । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र सरकारका कामका बारेमा छलफल भएको पुनले बताए । ई- कान्तिपूरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार