होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल स्विट्जरल्याण्ड प्रस्थान
समाचार

माधव नेपाल स्विट्जरल्याण्ड प्रस्थान

  • नागरिक रैबार
माधव नेपाल स्विट्जरल्याण्ड प्रस्थान
file photo

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्विट्जरल्याण्ड प्रस्थान गरेका छन् ।

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्विट्जरल्याण्ड लगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्व निर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन नेता नेपाल टर्किस एयरको विमानद्वारा आज बिहान इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका हुन् । नेता नेपाल भदौ १ गते स्वदेश फर्किने छन् ।

यसैबीच, ललिता निवास जग्गा प्रकरणमा हिजो सर्वोच्च अदालतबाट भएको आदेशका सन्दर्भमा नेपाल जानकार रहेको उनको निजी सचिवालयले जनाएको छ ।

विज्ञापन

सबै प्रकारका भ्रष्ट्राचार एवम् अनियमितताको निष्पक्ष छानविन गरी दोषी उपर कडा कारबाही हुनुपर्छ र मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा नेता नेपाल दृढ रहेको सचिवालयले जनाएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार