होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता
Breaking News

मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता

  • नागरिक रैबार
मकवानपुर पहिरो अपडेट : एक जनाको मृत्यु, ६ जना बेपत्ता

मकवानपुर । मकवानपुरको बागमतीमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना हराइरहेका छन् । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोले घर बगाउँदा हराएका ७ मध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य ६ जना बाने अझै बेपत्ता रहेका छन् ।

गयरातिदेखि परेको अविरल वर्षाको कारण मंगलबार बिहान ४ बजे बागमती–५ सिक्रे दोभानमा खसेको भल सहितको पहिरोले स्थानीय अक्कल बहादुर स्यान्तानको घर बगाएको थियो ।

पहिरोमा परी स्यान्तानकी श्रीमती ५५ वर्षकी सन्त माया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । उनको बिहान ८ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

विज्ञापन

पहिरोमा परी बेपत्ता हुनेमा बागमती–५ सिक्रे दोभान बस्ने वर्ष ६० को अक्कल बहादुर स्याङ्तान, निजको छोरी वर्ष २२ की शिला पहरी, ज्वाइँ वर्ष २५ को जीवन पहरी, नाति वर्ष ४ को मिलन पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी र सिन्धुली हरिहरपुर-१ कोकटी बस्ने वर्ष १७ को पासाङ घिसिङ रहेको उनले बताए । रातोपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार