होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेलको प्रतिस्पर्धा आज बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार पुरुष र महिला दुवै तर्फको समूह चरणका खेलहरु सुरु हुनेछ । समूह चरण अन्तर्गत नेपालको दुवै टिमले पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ । नेपाली महिला टिमले बंगलादेशसँग अपरान्ह ३ बजे खेल्नेछ । पुरुष भलिबल […]
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ । भारतले खेलाडी दर्ता गर्नेक्रममा महिला फुटबलरको मात्रै दर्ता गराएपछि नेपाल ओलम्पिक कमिटीले सोधेको प्रश्नमा भारतबाट ‘पुरुष फुटबल नखेल्ने’ जवाफ आएको एनओसीले जानकारी दिएको छ । सागका […]
काठमाडौं । १३ औँ सागअन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ । नेपाल र श्रीलंकाबीच उदघाटन खेल ३ डिसेम्बरमा टीयू मैदानमा हुनेछ । सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ ।पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् […]
काठमाडौं –हरेक क्षेत्रमा कुनै न कुनै व्यक्ति त्यस क्षेत्रका नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत बन्ने गर्छन् । राजनीति, अर्थ, कृषि वा खेल यी सबै क्षेत्रमा कोही न कोही कसै न कसैबाट प्रभावित हुने गर्छन् । ती व्यक्तिहरुले पाएको सफलता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पाउने सम्मानबाट अन्य व्यक्तिहरु प्रभावित हुनेगर्छन् । यस्तै, नेपाली खेलकुदमा पनि […]
काठमाडौं : विश्वकप छनोट फुटबलमा नेपालले अर्को पराजय भोगेको छ। एसियाली क्षेत्रको छनोटअन्तर्गत समूह ‘बी’को मंगलबार भएको खेलमा कुवेतले नेपाललाई १-० गोलले हरायो। दोस्रो चरणको विश्वकप छनोटमा नेपालले खेलेको यो पहिलो ‘होम गेम’ हो। यसअघि कुवेतको मैदानमा खेलिएको ‘अवे’ खेलमा नेपाल ७-० गोलको ठूलो अन्तरले पराजित भएको थियो। सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका […]
सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत कुवेतविरुद्धको खेलमा नेपाल पराजित भएको छ। दशरथ रंगशाला समयमै बन्न नसक्दा भुटानको चाङ्लिमिथाङ रंगशालामा मंगलबार भएको खेलमा नेपाललाई कुवेतले १–० गोलले पराजित गरेको हो। कुवेतका लागि अल मोटावाले २८ मिनेटमा डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे। पहिलो हाफमा नेपालका रोहित […]
यूएईमा जारी टी-१० क्रिकेटमा क्रिस लिनले सर्वाधिक व्यक्तिगत रनको रेकर्ड बनाएका छन् । उनले सोमबार नेपाली खेलाडी पारस खड्का आबद्ध टिम आबुधाबीविरुद्ध नट आउट ९१ रन बनाउँदै रेकर्ड बनाएका हुन् । यसअघि टी-१०मा अस्ट्रेलियाका एलेक्स हलले मराठा अरेबिययनका लागि नट आउट रहँदै ८७ रन बनाएका थिए । तर आजको खेलमा पनि मराठा अरेबियनबाट खेलिरहेका अस्ट्रेलियाका […]
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा संघर्षपूर्ण जित निकालेको छ ।लिग अन्तर्गत शुक्रबार भएको खेलमा जकार्ताले पेर्सेला लामोनगानलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे । यस्तै हेरी सुसान्टो र रोहितले एक एक गोल गरे । लामोनगानका केइ हिरोसे,सुगेन्ग इफेन्दी र […]
काठमाडौं – बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरिने भएको छ । टोली शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही ३-३ लाख दिने घोषणा गरेका हुन् । सिलवालले सरकारसमक्ष […]
अछाम । साँफेबगरमा जिल्ला स्तरीय महिला खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ । समविकास नेपालको आयोजना र जिल्ला स्थित विभिन्न सरोकारवाला निकायको सह–आयोजनामा महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिने आयोजकले जनाएको छ । महिला हिँसा विरुद्धको १६ दिने अभियान २०७६ को अवसरमा मंसिर १७ गते देखि १९ गते […]
मकवानपुर–दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिजसँग अफगानिस्तान पराजित भएको छ । भारतको लखनउमा भएको खेलमा ४७ रनले वेष्ट इण्डिजसँग अफगानिस्तान पराजित भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ९ विकेट गुमाएर २ सय ४७ रन जोडेको थियो ।पूरनले ५० बलमा ६७ रन जोड्ने क्रममा ७ चौका र ३ छक्का प्रहार गरे भने ओपनर […]
२२ कात्तिक, काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतले जितेको छ । राजकोटमा बिहीबार राति भएको खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ४३ बलमा ६ छक्का र ६ चौकाका मद्दतमा […]
बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिम घोषणा गरेको छ। क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको हो। टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए। दुवैले यसअघि नै कात्तिक २८ गतेदेखि बंगलादेशमा हुने […]
नागरिक रैबार / बाजुरा २० कार्तिक । रानिवन स्पोट्र्स क्लबको आयोजनामा बाजुराको सदरमुकाम मार्तडीमा प्रथम रानिवन खुल्ला ब्याडमिन्टन प्रतियोगिता बिहीवारबाट सुरु हुने भएको छ । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने तथा रानिवन स्पोट्स क्लबले लामो समयदेखि खेलकुद क्षेत्रको विकास निम्ती गरिरहेको पहलकदमीलाई निरन्तरता दिनको लागी पहिलो पटक बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिताको […]
नेपाल र म्यानमारबीचको खेल २१ कात्तिकमा हुनेछ।काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज म्यानमार प्रस्थान गरेको छ। फिफा विश्वकप र एशियन कप छनोटअन्तर्गत ३ मंसीरमा कुवेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र म्यानमारबीचको खेल २१ कात्तिकमा हुनेछ। टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले बिदाइ […]
एजेन्सी– स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लने अवसर रियल मड्रिडले गुमाएको छ ।गएराति सम्पन्न रियल बेटिससँगैको खेल गोलरहित बराबरी खेलेसँगै लिगमा बार्सिलोनालाई उछिन्दै तीन अंकको स्पस्ट अग्रता बनाउनबाट रियल चुकेको हो । बराबरी खेलेसँगै रियल गोल अन्तरले मात्र दोस्रो स्थानमा रहेको छ । समान ११ खेलबाट २२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहदा समान […]
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले म्यानमारसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले शनिबार २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् । नेपालले म्यानमारसँग यही नोभेम्बर ७ तारिख मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो […]
दार्चुला । आगामी मंसिर (डिसेम्बर १ देखि १० तारिख) मा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तिब्रताका साथ तयारी भइरहेको छ । घरेलु मैदानमा पदकको अपेक्षासहित सबै टोलीले तयारी गरिरहँदा राष्ट्रिय खेल भलिबल पनि ठूलो पदकको अपेक्षासहित तयारीमा जुटेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा भलिवलका लागि २५ सदस्यीय प्रारम्भिक […]
एजेन्सी । पहिलो संस्करणको विस्तारित फिफा क्लब विश्वकप सन् २०२१ मा हुने भएको छ । आयोजक हो, नेपालको छिमेकी चीन । सहभागी संख्या विस्तार गरिएको क्लब विश्वकप चीनले अर्को वर्ष आयोजना गर्ने पक्का भएको हो । फिफा अध्यक्ष जियानी ईन्फाटिनोले प्रतियोगिताको बयान गर्दै चीनले आयोजना गर्ने क्लब विश्वकप पहिलो र साँचो अर्थमा विश्वकप हुने बताए […]
नागरिक रैबार/बाजुरा ७ कार्तिक। बुढीनन्दा नगरपालिका द्धारा आयोजित प्रथम मेयर कप फुटवलको उपाधि सुर्यतारा फाउण्डेसनले जितेको छ । जनप्रकाश मावि कोल्टीको प्राङ्गणमा विहिबार भएको अन्तिम खेलमा जिल्ला प्रहरी कार्यालय बाजुराको टिमलाई १–० गोल अन्तरले पराजित गर्दै सूर्यतारा फाउण्डेसन प्रथम मेयर कपको विजेता बन्न सफल भएको हो । उपाधिसंगै फाउण्डेसनले १ लाख ५५ हजार ५ सय […]