होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • दोस्रो खेलमा भारतको जित, कप्तान रोहितको ८५ रन
खेलकुद

दोस्रो खेलमा भारतको जित, कप्तान रोहितको ८५ रन

  • नागरिक रैबार
दोस्रो खेलमा भारतको जित, कप्तान रोहितको ८५ रन

२२ कात्तिक, काठमाडौं । बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा घरेलु टोली भारतले जितेको छ । राजकोटमा बिहीबार राति भएको खेलमा भारतले बंगलादेशलाई आठ विकेटले पराजित गरेको हो । १५४ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ४३ बलमा ६ छक्का र ६ चौकाका मद्दतमा ८५ रन बनाए ।

त्यस्तै, शिखर धवनले ३१ र श्रेयस ऐयरले अविजित २४ रन बनाए । बलिङतर्फ बंगलादेशका अमिनुल स्लामले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । बंगलादेशका लागि मोहम्मद नाइमले ३६, सौम्या सरकार र महमुदुल्लाहले समान ३०–३० रन बनाए ।

यो जितसँगै भारतले बंगलादेशसँग ३ खेलको टी–२० क्रिकेट सिरिजमा १–१ को बराबरी बनाएको छ । यसअघि पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार