होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • महिला भलिबल टोलीलाई जनही ३ लाख पुरस्कारको घोषणा
खेलकुद

महिला भलिबल टोलीलाई जनही ३ लाख पुरस्कारको घोषणा

  • नागरिक रैबार
महिला भलिबल टोलीलाई जनही ३ लाख पुरस्कारको घोषणा

काठमाडौं – बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरिने भएको छ ।

टोली शुक्रबार बंगलादेशबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले टोलीका सबै सदस्यलाई जनही ३-३ लाख दिने घोषणा गरेका हुन् । सिलवालले सरकारसमक्ष राखेपले प्रस्ताव लैजाने बताए । सेन्ट्रल जोन खेलेको उपाधि विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापकसहित १६ सदस्य रहेका थिए ।

नेपालले ५ राष्ट्र्र सम्मिलित प्रतियोगितामा उपाधि जित्ने क्रममा सबै खेलमा एकपक्षीय नतिजा हासिल गरेको थियो । भलिबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न क्रममा नेपालले बिहीबार माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो । नेपालले प्रतियोगिता अवधिभर एक सेट पनि गुमाएन ।

विज्ञापन

नेपाली टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सफिया पुन, जानकी भण्डारी, मुख्य प्रशिक्षक : जगदीश भट्ट, प्रशिक्षक : सलिना श्रेष्ठ र भरत यादव, व्यवस्थापक : रिता कोइराला

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार