होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान पराजित
क्रिकेट

दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान पराजित

  • नागरिक रैबार
दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान पराजित
फायल तस्विर

मकवानपुर–दोस्रो एकदिवसीय खेलमा वेष्ट इण्डिजसँग अफगानिस्तान पराजित भएको छ । भारतको लखनउमा भएको खेलमा ४७ रनले वेष्ट इण्डिजसँग अफगानिस्तान पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ९ विकेट गुमाएर २ सय ४७ रन जोडेको थियो ।पूरनले ५० बलमा ६७ रन जोड्ने क्रममा ७ चौका र ३ छक्का प्रहार गरे भने ओपनर इभिन लेभिसले पनि ५४ रनको अर्धशतकीय पारी खेले ।

अर्का ओपनर साइ होपले ४३ रन बनाए । यी दुईले पहिलो विकेटका लागि ९८ रनको सानदार साझेदारीसमेत गरेका थिए । धर्मराएको मध्यक्रमलाई सम्हालेका पूरन खेलको म्यान अफ द म्याचसमेत बने । अफगानिस्तानका नवीन उल हकले ३ विकेट लिए ।

विज्ञापन

जवाफमा अफगानिस्तान ४५.४ ओभरमा २ सय रनमै समेटियो । उसका लागि मध्यक्रममा नाजिमुल्लाह जदरानले ५६ रनको सानदार अर्धशतकीय पारी खेले पनि अन्यले उनलाई साथ दिएनन् । रहमत साहले ३३ र मोहम्मद नावीले ३२ रन जोडेका थिए ।

अफगानिस्तानको पारी कमजोर बनाउन वेष्ट इण्डिजका सेल्डन कोट्रेल, जेसन होल्डर र हेडन वाल्सले समान ३–३ विकेट लिए । तेस्रो एकदिवसीय खेल सोमबार हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार