होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • साग पुरुष फुटबलमा भारत सहभागी नहुने
खेलकुद

साग पुरुष फुटबलमा भारत सहभागी नहुने

  • नागरिक रैबार
साग पुरुष फुटबलमा भारत सहभागी नहुने

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भारत सहभागी नहुने भएको छ । भारतले पुरुष फुटबलमा भाग नलिनेबारे नेपाल ओलम्पिक कमिटीलाई जानकारी गराएको छ ।

भारतले खेलाडी दर्ता गर्नेक्रममा महिला फुटबलरको मात्रै दर्ता गराएपछि नेपाल ओलम्पिक कमिटीले सोधेको प्रश्नमा भारतबाट ‘पुरुष फुटबल नखेल्ने’ जवाफ आएको एनओसीले जानकारी दिएको छ ।

सागका लागि गएको शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ड्र’ गरिसकेको थियो । जसमा नेपाल र भारत दुई फरक समूहमा रहेका थिए । तर, अब सागमा ५ टोलीमात्रै सहभागी हुनेछन् ।

विज्ञापन

जसमा समूह ए मा नेपाल बंगलादेश र भुटान थिए भने समूह बि मा भारत, माल्दिभ्स र श्रीलंका परेका थिए । सागका लागि फेरि पुरुष फुटबलतर्फ पुन टाई सिट ‘ड्र’ हुनेछ ।

पाकिस्तान यसअघि नै नआउने निश्चित भइसकेको अवस्थामा भारतले पनि नखेल्दा अब नियमत : सागका खेल राउण्ड रोविन लिगका आधारमा हुने नेपाली फुटबल विश्लेषक सञ्जीव मिश्र बताउँछन् । योसँगै लिगका शीर्ष दुई टोली सागको फाइनलमा पुग्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार