होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • इमर्जिङ टिम्स कपका लागि पारस र सन्दीपबिनाको राष्ट्रिय टिम घोषणा
खेलकुद

इमर्जिङ टिम्स कपका लागि पारस र सन्दीपबिनाको राष्ट्रिय टिम घोषणा

  • नागरिक रैबार
इमर्जिङ टिम्स कपका लागि पारस र सन्दीपबिनाको राष्ट्रिय टिम घोषणा
फाइल तस्बिरः

बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिम घोषणा गरेको छ।

क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा राष्ट्रिय टिम घोषणा गरेको हो। टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमती लिएका थिए।

दुवैले यसअघि नै कात्तिक २८ गतेदेखि बंगलादेशमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने बताएका थिए।

विज्ञापन

मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।

एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।

नेपालले आफ्नो पहिलो खेल भारतसँग कात्तिक २८ गते खेल्नेछ। दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम बंगालेशसँग मंसिर २ गते हुनेछ।

नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसन भारी, इशान पाण्डे, मोहम्मद आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल

प्रशान्त विक्रम मल्ल – म्यानेजर
उमेश पटवाल – प्रशिक्षक
दीपेन्द्रप्रताप सिंह – सहायक प्रशिक्षक
रमन सिवाकोटी – भिडियो विश्लेषक
विक्रम न्यौपाने – फिजियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार