होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्छौ : बिष्ट
प्रदेश ७

तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्छौ : बिष्ट

  • नागरिक रैबार
तेह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्छौ : बिष्ट

दार्चुला । आगामी मंसिर (डिसेम्बर १ देखि १० तारिख) मा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तिब्रताका साथ तयारी भइरहेको छ । घरेलु मैदानमा पदकको अपेक्षासहित सबै टोलीले तयारी गरिरहँदा राष्ट्रिय खेल भलिबल पनि ठूलो पदकको अपेक्षासहित तयारीमा जुटेको छ ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा भलिवलका लागि २५ सदस्यीय प्रारम्भिक टोली छनोट गरिएको थियो । २५ जनामध्ये दार्चुलाका राजेन्द्र बिष्टसहित १८ जना खेलाडी दोस्रो चरणको प्रतिस्पर्धाबाट बन्द प्रशिक्षणका लागि छनोटमा पर्न सफल भएका थिए । भलिबलको दोस्रो चरणको छनोटमा सफल भएका १८ जना पुरुष खेलाडीहरुको तीन महिना यता बन्द प्रशिक्षण भइरहेको छ ।

एशियाली खेलकुदको कुम्भ मेलाका रुपमा हेरीने सागका लागि आफुहरु निकै उत्साहित रहेको पुरुष भलिबल टोलीका खेलाडी राजेन्द्र बिष्टले बताउँनुभयो । पहिलो पटक राष्ट्यि टोलीमा प्रवेश पाएका बिष्टले भन्नुभयो, सागका लागि मेरो अपेक्षा नै उत्कृष्ट प्रदर्शन गर्ने छ । अझ घरेलु दर्शक र समथर्कको साथले टोलीलाई उत्साहित बनाउनेमा आफु पूर्ण विस्वस्त रहेको भलिबल खेलाडी बिष्टले बताउँनुभयो ।

नेपाली भलिबल टोलीका उदयमान खेलाडी बिष्टले गत महिना सम्पन्न एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

विज्ञापन

पहिलो पटक राष्ट्यि भलिवल टोलिमा छनोट भएका राजेन्द्र बिष्ट दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीका खेलाडी हुन् । २०६८ सालमा नेपाल आर्मीमा जागिर शुरु गरेका बिष्ट एक बर्षको तालिम पश्चात क्लबमा छनोट भएका थिए । तीन बर्ष पहिले देखी त्रिभुवन आर्मी क्लबबाट राष्ट्यि खेलहरु समेत खेल्न थालेका बिष्टले पछिल्लो समय प्राप्त गरेको सफलता सुदूरपश्चिम प्रदेशकै गौरबको बिषय भएको भलिवल प्रशिक्षक भोजराज जोशीले बताउँनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार