होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सागको भलिबल खेल आजबाट, कति छ टिकट मूल्य ?
खेलकुद

सागको भलिबल खेल आजबाट, कति छ टिकट मूल्य ?

  • नागरिक रैबार
सागको भलिबल खेल आजबाट, कति छ टिकट मूल्य ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भलिबल खेलको प्रतिस्पर्धा आज बाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बुधबार पुरुष र महिला दुवै तर्फको समूह चरणका खेलहरु सुरु हुनेछ । समूह चरण अन्तर्गत नेपालको दुवै टिमले पहिलो खेलमा बंगलादेशसँग खेल्दैछ ।

नेपाली महिला टिमले बंगलादेशसँग अपरान्ह ३ बजे खेल्नेछ । पुरुष भलिबल टिमले साँझ ७ बजे बंगलादेशसँग नै प्रतिस्पर्धा गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले भलिबल हेर्नका लागि टिकट मूल्य राखेको छ । भलिबलको टिकट मूल्य ५ सय राखिएको छ । टिकट इसेवाबाट किन्न सकिनेछ ।

यस्तै भलिबलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ । अनलाइन र युट्युबमा भने प्रत्यक्ष प्रशारण गर्न अनुमति छैन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार