होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • २०२१ मा हुने क्लब विश्वकप चीनले आयोजना गर्ने
खेलकुद

२०२१ मा हुने क्लब विश्वकप चीनले आयोजना गर्ने

  • नागरिक रैबार
२०२१ मा हुने क्लब विश्वकप चीनले आयोजना गर्ने

एजेन्सी । पहिलो संस्करणको विस्तारित फिफा क्लब विश्वकप सन् २०२१ मा हुने भएको छ । आयोजक हो, नेपालको छिमेकी चीन । सहभागी संख्या विस्तार गरिएको क्लब विश्वकप चीनले अर्को वर्ष आयोजना गर्ने पक्का भएको हो ।

फिफा अध्यक्ष जियानी ईन्फाटिनोले प्रतियोगिताको बयान गर्दै चीनले आयोजना गर्ने क्लब विश्वकप पहिलो र साँचो अर्थमा विश्वकप हुने बताए । युरोपका ठुला क्लबले यसअघिनै प्रतियोगिता वहिष्कार गर्ने घोषणा गरिसकेका छन् । पछिल्ला दुई संस्करणको क्लब विश्वकपको आयोजना कतारले गरेको थियो । जसमा ७ महादेशका उत्कृष्ट ७ क्लब सहभाथि थिए । सन् २०१९ को क्लब विश्वकप डिसेम्बर ११ बाट सुरु हुनेछ ।

च्याम्पियन्स लिगको विजेता लिभरपुल केही हप्ता अघि मात्र सेमिफाईनल पुग्यो । युरोपियन क्लब एशोसिएशनले प्रतियोगितामा टोली संख्या बढाउने फिफाको तयारीमा ध्यानाकर्षण भएको प्रतिक्रिया दिए ।

विज्ञापन

चीनको साङ्घाईमा भएको फिफा काउन्सिल बैठकमा ईन्फान्टिनोले क्लब विश्वकप चीनमा आयोजना गर्ने निर्णय ऐतिहासिक हो, भने । उनले यो प्रतियोगिता एसियाको क्लब फुटबलको विकासमा कोशेढुंगा सवित हुने समेत बताए । स्विस मुलका ईटालियन ईन्फान्टिनोले भने, ‘यो नै पहिलो तथा साँचो अर्थमा विश्वकप हुनेछ । जहाँ उत्कृष्ट क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार