होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ माघ।बाजुरामा करिव ४ महिनापछि भारी वर्षासंगै हिमपात भएको छ । लामो समयको अन्तरालपछि वर्षासंगै हिमपात भएपछि कृषकहरुले लगाएको हिउँदे बाली सप्रिने भएको छ । भदौको अन्तिम सातापछि बाजुरामा वर्षा भएको थिएन् । बुधबार रातीबाट बाजुराका उच्च हिमाली भेगमा हिमपात र वर्षा निरन्तर भईरहेको छ । ४ महिनापछि एकाएक बर्षासंगै हिमपात भएपछि सुक्न […]
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह २ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो । राति घरमा चट्याङ पर्दा बुढाको मृत्यु भएको छ भने घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नागरिक रैबार/बाजुरा १६ माघ।बाजुराको हिमाली गाउँपालिका ३ युनाकी १ गर्भवति महिलाले बलत्कार जस्तो जघन्य अपराधमा न्याय नपाएको भन्दै जिल्ला दलित नेटवर्क बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आज जिल्ला प्रशासन कार्यालय बाजुरामा जिल्ला नेटवर्कका अध्यक्ष जसबहदुर विक, सचिव रमेश सुनार, दलित अधिकारकर्मी मानबहादुर विकसहित पीडित परिवारले बलत्कार जस्तो जघन्य अपराधमा […]
नागरिक रैबार/बाजुरा १६ माघ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर वडामा रहेका विपन्न विद्यार्थी र परिवारलाई सहयोग गरेका छन् । बडीमालिका नगरपालिकाका नगर प्रवक्ता समेत रहेका पाध्यायले आफ्नो जन्मदिनको अवसर पारेर आज वडा कार्यालयमा ८ जना विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री, न्यानो लुगा र २ जना विपन्न परिवारलाई […]
नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सूरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुढीन्नदा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना र बुढीनन्दा नगरपालिकाको सह–आयोजनामा […]
नागरिक रैबार/बाजुरा १५ माघ। जिल्लाकाे जगन्नाथ गाउँपालिकाले १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद सहित पुरस्कृत गर्ने भएकाे छ । हिजाे पालिकामा बसेको गाउँकार्यपालिकाको बैठकले रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरिएकाे गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले बताएका छन् । यस वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा १३ माघ।सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार २०८० यस वर्ष बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ । पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रले यस वर्षको पुरस्कार सुप्रिमलाई दिर्ने निर्णय गरेको अध्यक्ष मेहन्द्र श्रेष्ठले जानकारी दिए । उक्त पुरस्कार सुप्रिमलाई आगामी माघ २७ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोहको बीच अर्पण […]
राजेन्द्र बहादुर रोकाया/काेल्टी १३ माघ। ईलाका प्रहरी कार्यालय कोल्टीले शनिवार दिउसाे ८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । बुढीनन्दा नगरपालिकाको १ र २ नम्बर वडाका बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो । लुकाइछिपाइ बिक्रि गरिरहेको उक्त मदिरा बरामद गरिएको ईलाका प्रहरी […]
नागरिक रैबार/बाजुरा १२ माघ। जिल्ला समन्वय समिति बाजुरा र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा सडक डिभिजन कार्यालयको प्राविधिक सहयोगमा मार्तडी–कोल्टी सडक खण्डमा बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडकको तत्काल स्तरोन्नति गरेर पहिलोपटक बस सेवा संचालन गर्ने तयारी गरिएको हो । शुक्रबार जिल्ला समन्वय समिति बाजुरामा […]
नागरिक रैबार/बाजुरा १२ माघ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाजुराकाे जगन्नाथ गाउँपालिका पहिलो बनेको छ । जिल्लाका ९ वटा स्थानीय तह मध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । ९ वटा पालिका बीच जिल्ला समन्वय समितिले गरेको स्वमूल्याङ्कनका आधारमा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । यस अघि जगन्नाथ सुदूरपश्चिम प्रदेशका ८८ […]
गौमुल गाउँपालिकामा विकास निमार्णका कार्यहरु तीब्र रुपमा भईरहेका छन् । गाउँपालिकाले जनताका आधारभूत आवश्यकता अनुसारकाे याेजना बनाएर गाउँमा विकास गर्ने क्रम जारी छ । दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्नेदेखि खानेपानी, विजुली विस्तारमा अगाडी बढेको देखिन्छ । गाउँपालिकाका विभिन्न गाउँ, बस्तीमा सडक पुग्ने क्रम जारी रहेको छ । गाउँपालिकाको केन्द्र घट्मुनादेखि छहरीएर रहेका कतिपय बस्तीहरुमा सडक […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराको बडीमालिका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत सैनिकहरुले मालिका मन्दिरमा शिवजि र नन्दी (साँडे) को मुर्ति चढाएका छन् । बडीमािलका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत शैनिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी मालिका मन्दिरमा १ लाख २९ हजार ५ सय ५५ रकम बराबरको शिवजी र नन्दी […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराकाे सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मृति भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटीको आयोजनामा उक्त भवनको उद्धघाटन गरिएको हो । प्रदेश सरकारको २० लाख लागतमा निर्माण गरिएको एक तले भवनकाे आज नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोग गर्ने गरि उद्घाटन गरिएकाे नेकपा एकिकृत समाजबादी पार्टीका जिल्ला […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी […]
नागरिक रैबार/ बाजुरा ४ माघ। बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखि बिरामी भएकी जोशीको बुधबार राती मृत्यु भएको हो । मृतक जाेशी २०७९ सालकाे स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिकाकाे उपाध्यक्षमा निर्वाचित भएकी थिईन् ।
नागरिक रैबार/ बाजुरा २ माघ। भुकम्प सुरक्षा दिवस बाजुरामा पनि विबिध कार्यक्रम गरि मनाइएको छ । “स्थानिय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो । मंगलबार जिल्ला सदरमुकाम मार्तडीको खुलामञ्चमा भुकम्प सम्बन्धी डेमो प्रर्दशन गरि भुकम्प दिवस मनाईएको जिल्ला विपद ब्यबस्थापन समितिका […]
बाजुरामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू भएको हो । पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको […]
नागरिक रैबार/बाजुरा २५ पुस। बुढीनन्दा नगरपालिकाको लामो प्रयास पछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सुरु भएको छ । गेटा आँखा अस्पताल धनगढी कैलाली र बुढीनन्दा नगर पालिकाको सहकार्यमा आज बाट आँखा उपचार केन्द्र सुचारु भएको हो। यसबाट बुढीनन्दा नगरपालिका लगायत छिमेकी पालिका हिमाली,जगन्नाथ ,स्वामिकार्तिक सङै छिमेकी जिल्ला हुम्ला,मुगु र कालिकोटका जनताले समेत सेवा […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आउँदो माघ १५ गते देखि १८ गते सम्म संचालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बाजुराको आयोजनामा हुने उक्त प्रतियोगिता यस वर्ष बुढीनन्दा नगरपालिकाको कोल्टीमा हुने भएको हो । जिल्ला खेलकद विकास समिति बाजुराका अध्यक्ष राकेश थापाका अनुसार यस वर्षको प्रतियोगितामा […]
नागरिक रैबार/ बाजुरा २३ पुस।जिल्ला अस्पताल बाजुराले फिजियो थेरापी सेवा बिस्तार गरेकाे छ । याे सेवा विस्तारसँगै अब नसा, ढाड, खुट्टाका समस्या भएका बिरामीलाई सहज हुने भएको छ । सोमबार एक औपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले फिजियोथेरापी कक्षकाे रिवन काटेर उद्धाटन गरेका हुन् । दुर्गम जिल्लामा विविध समस्याकाबिच पनि गुणस्तरिय […]