होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ईलाका प्रहरी कार्यालय काेल्टीद्वारा घरेल मदिरा नियन्त्रण गरिदै
Breaking News

ईलाका प्रहरी कार्यालय काेल्टीद्वारा घरेल मदिरा नियन्त्रण गरिदै

  • नागरिक रैबार
ईलाका प्रहरी कार्यालय काेल्टीद्वारा घरेल मदिरा नियन्त्रण गरिदै

राजेन्द्र बहादुर रोकाया/काेल्टी १३ माघ। ईलाका प्रहरी कार्यालय कोल्टीले शनिवार दिउसाे ८० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

बुढीनन्दा नगरपालिकाको १ र २ नम्बर वडाका बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो ।

लुकाइछिपाइ बिक्रि गरिरहेको उक्त मदिरा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख केशब बहादुर खड्काले जानकारी दिनुभयो । सम्बन्धित वडाका जनप्रतिनिधि र पत्रकारको रोहवरमा बरामद गरिएको मदिरा नष्ट गरिएको हो ।

विज्ञापन

बढ्दो घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि इलाका प्रहरी कार्यालय कोल्टीले मदिराको अवैध बिक्रिमा रोक्न नियमित जाँच गर्दै आएको छ ।

समाजलाई सभ्य र सुरक्षित राख्न आग्रह गर्दै खनालले प्रतिबन्धित लागुपदार्थ बिक्री वितरण नगर्न सबैमा आग्रह गरीएको छ । ३० लिटर मदिरा बनाउन प्रयोग गरीने पास र ५० लिटर अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरीएको हो ।

माघ १५ गतेदेखि संचालन जिल्ला स्तरिय चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लाई ब्यवस्थीत तथा शान्त बातावरणमा सम्पन्न गर्ने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिईएको छ ।

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” सबैका लागी खेलकुद भन्ने मुल नाराका साथ यस वर्षको जिल्ला स्तरिय चौधौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुढीनन्दा नगरपालिका वडा नम्बर २ मा रहेको जनप्रकाश माद्यामीक बिद्यालयमा संचालन हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार