होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गाैमुलका दुर्गम गाउँ सडक संजालसंग जाेडिदै
Breaking News

गाैमुलका दुर्गम गाउँ सडक संजालसंग जाेडिदै

  • नागरिक रैबार
गाैमुलका दुर्गम गाउँ सडक संजालसंग जाेडिदै

गौमुल गाउँपालिकामा विकास निमार्णका कार्यहरु तीब्र रुपमा भईरहेका छन् । गाउँपालिकाले जनताका आधारभूत आवश्यकता अनुसारकाे याेजना बनाएर गाउँमा विकास गर्ने क्रम जारी छ । दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्नेदेखि खानेपानी, विजुली विस्तारमा अगाडी बढेको देखिन्छ ।
गाउँपालिकाका विभिन्न गाउँ, बस्तीमा सडक पुग्ने क्रम जारी रहेको छ । गाउँपालिकाको केन्द्र घट्मुनादेखि छहरीएर रहेका कतिपय बस्तीहरुमा सडक पुगिसकेका छन् । भने सडक पुग्न बाकी रहेका वडा तथा बस्तीमा सडक पुर्याउन गाउँपालिका सफल भईरहेको छ ।
नागरिकलाई सडक पहुँचमा जोड्न सडक निर्माण कार्य अगाडी बढ्दै गएको देखिन्छ । गाउँपालिका ६ वटा वडा मध्ये ४, ५ र ६ मा यसभन्दा अघि नै सडक पुगिसकेको छ । उक्त सडकहरुमा गाडी पनि नियमित गुडिनै रहेका छन् । भने बाकी ३ वटा वडालाई जोड्न् सडक निर्माण कार्य भईरहेको छ ।
आज वडा नं.३ माझपालीमा सडक पुगेसंगै अब सडक सञ्जालमा जोडिन २ वटा वडा बाकी रहेका छन् । काल्चे भिडको चट्टा नै चट्टानलाई छिचोल्दै बुढीगंगा नदीको छेउबाटै सडक निर्माण भएको छ । वडा नं.२ हुँदै १ को अन्द्राडी सम्म जोडिने सडकमा घट्मुनादेखि ३ र २ को विच केन्द्र आगरमा गाडी गुडिरहेका छन् ।
अब आजदेखि ३ नम्बर वडामा पनि गाडी गुड्ने भएको छ । सडक माझपाली स्थित वडा कार्यालयमा पुगिसकेको वडाध्यक्ष गोरख बहादुर बोहराले बताएका छन् । सडक वडामा पुगेसंगै स्थानीयमा खुशीको सिमा छैन् । पैदल हिडेर घट्मुना पुगेपछि मात्रै गाडी चढ्ने स्थानीय घरको आगनमै गाडी गुड्ने सडक निर्माण भएपछि खुशी लागेको माझपालीका टंक रोकायाले बताएका छन् ।
गाउँपालिकाको लगानीमा सडक माझपाली सम्म सडक विस्तार गरिएको हो । सडक सञ्चालसंग जोडिन उपभोग गर्दै आईरहेका खेतबारी हुँदै सडक निर्माण गर्न त्यहाँका स्थानीय राजी भएका थिए । खेतबारीबाट सडक पनि निर्माण भईसकेको छ । कतिपय ठाउँमा खेतबारी मासिने डरले सडक निर्माण कार्यमा विवाद हुँदै आउने तितो यथार्थ छ । तर माझपालीका स्थानीयले भने विनास नगरी विकास हुँदैन् भन्ने राम्रोसंग बुझेको प्रमाणित भएको छ ।
सडक निर्माण भएको ठाउँमा खेतमा हिउँदे बाली थियो । तर बाली मासिएपनि विकाससंगै विनास हुने भएकाले बाली र खेत मासिएको चिन्ता भन्दा पनि घरको आगनमै गाडी गुड्ने सडक पुगेपछि झन खुशी लागेको स्थानीयको भनाइ छ । वडा कार्यालय र गाउँ बस्तीमा सडक पुर्याउने पालिका सरकारलाई धन्यवाद ब्यक्त गरेका छन् ।
सडक पुगेसंगै गाउँपालिकाको केन्द्र घट्मुना सम्म हिड्डुल गर्न सहज र अन्य सेवा सुविधाका हिसाबले पनि निकै लाभदायिक हुने भएको छ । सडक निर्माणले माझपाली अध्ययनरत विद्यार्थीलाई पनि सहज भएको वडाध्यक्ष गोरख बोहराले बताएका छन् ।
वडाका नागरिकलाई सडक पहुँचमा पुर्याउने लक्ष्य पुरा भएको उनले बताए । भौगोलिक विकटताले ढिलोगरी पालिकाको अथाह प्रयास र संर्घषले सडक सञ्जाल जोड्न पुगेका बोहराका भनाइ छ ।
सडक वडा कार्यालय सम्म पुर्याउनका लागि आफ्नो निजी जग्गा दान गर्ने सबै जनताप्रति उनले आभार व्यक्त गर्दै विकास कार्य एकपछि अर्को भईरहेको र पालिकाले लिएका तीनसको नीति कार्यान्वयन सहीत वडा कार्यालयमा सडक विस्तार भएको बताएका छन् ।
गाउँ बस्तीमा सडक पुर्याउने वर्षौदेखिको चाहना पुरा भएको स्थानीय समेत रहेका बाल विकास माध्यमिक विद्यालयका विव्यस अध्यक्ष राजिब रोकायाले बताएका छन् । गौमुल गाउँपालिकाले वडा नं.३ सम्म सडक पुर्याउन ११ लाख ६६ हजारको ठेक्का खोलेको थियो ।
डिबी कन्ट्रक्सनले ५ लाख ६९ हजार ४ सय ९७ रुपैयाँमा काम गर्ने गरी २०८० पौष २४ गते ठेक्का सम्झौता गरी माघ ५ गतेबाट काम सुरु गरेको थियो । अन्तर जिल्ला जोड्ने सडकको जिरो प्वाइन्टबाट वडा कार्यालय सम्मको दुरी १६ सय मिटर रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार