होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका स्थानीय सेनाले चढाए मालिका मन्दिरमा शिवजीको मुर्ति
Breaking News

बाजुराका स्थानीय सेनाले चढाए मालिका मन्दिरमा शिवजीको मुर्ति

  • नागरिक रैबार
बाजुराका स्थानीय सेनाले चढाए मालिका मन्दिरमा शिवजीको मुर्ति

नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराको बडीमालिका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत सैनिकहरुले मालिका मन्दिरमा शिवजि र नन्दी (साँडे) को मुर्ति चढाएका छन् ।

बडीमािलका नगरपालिका घर भई नेपाली सेनाका विभिन्न युनिटमा कार्यरत शैनिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरी मालिका मन्दिरमा १ लाख २९ हजार ५ सय ५५ रकम बराबरको शिवजी र नन्दी (साँडे) को मुर्ति चढाएको बडीमालिका ७ का नेपाली सेनामा कार्यरत मनरुप जैशीले बताएका छन् ।

No description available.

विज्ञापन

उनका अनुसार विस २०६२ साल असोज १७ गते नेपाली सेनाको श्री हनुमान ध्वज गुल्ममा सि.सं.१ सैन्य आधार तालिम पुरा गरी हाल नेपाली सेनाका विभिन्न पल्टनमा कार्यरत रहेका बडीमालिका नगरपालिका अन्तरगतका बहालवाला २२ जना सैनिकहरुले व्यक्तिगत रकम संकलन गरी मालिका मन्दिरमा भगवान शिवजीको मुर्ति चढाइएको हो ।

No description available.

पुस शुक्ल नवमीको शुभ साईत पारेर शुक्रबार विहान मार्तडी बजार परिसरमा बाजागाजा सहित परिक्रमा गर्दै मालिका मन्दिरमा विशेष पुजापाठ गरेर शिवजीको प्रतिमा स्थापना गरिएको हो ।

No description available.

नेपाली सेनामा भर्ना हुँदा मालिका माताको पावन भुमिमा आफ्नो सैनिक तालिम सफलतापुर्वक सम्पन्न गरी सैनिक जीवनको सूरुवातसंगै १८ औं वर्ष सकुसल पुरा गरेको अवसरमा सैनिक व्यक्तीहरुका घरपरिवारको उज्जल भविष्यको कामना होस भन्ने उद्देश्यले मालिका मन्दिरमा शिवजीको मुर्ति चढाईएको बडीमालिका–९ का स्थानीय नेपाली सेनामा कार्यरत नरेन्द्रबहादुर बडुवालले बताएका छन् ।

No description available.

सो अवसरमा बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, दुर्गा भञ्जन गुल्मका गुल्मपति धर्मेन्द्र सिंह, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी कविन्द्रसिंह बोहरा, बडीमालिका–८ का वडा अध्यक्ष चन्द्र बहादुर थापा, मालिका मन्दिरका पुजारीहरु, नेपाली सेनामा कार्यरत स्थानीय सैनिकहरुले शिवजीको मुर्ति चढाउँदै पुजापाठ, टिका र प्रसाद ग्रहण गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार