होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडी–कोल्टी सडकमा बस सेवा संचालन गर्ने तयारी
Breaking News

मार्तडी–कोल्टी सडकमा बस सेवा संचालन गर्ने तयारी

  • नागरिक रैबार
मार्तडी–कोल्टी सडकमा बस सेवा संचालन गर्ने तयारी
file photo

नागरिक रैबार/बाजुरा १२ माघ। जिल्ला समन्वय समिति बाजुरा र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय तथा सडक डिभिजन कार्यालयको प्राविधिक सहयोगमा मार्तडी–कोल्टी सडक खण्डमा बस सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । सदरमुकाम मार्तडी देखि कोल्टी सम्मको ४२ किलोमिटर सडकको तत्काल स्तरोन्नति गरेर पहिलोपटक बस सेवा संचालन गर्ने तयारी गरिएको हो ।

शुक्रबार जिल्ला समन्वय समिति बाजुरामा बसेको सरोकारवाला निकायहरुको छलफलबाट माघ १४ गतेदेखि मार्तडी–कोल्टी सडकमा बस सेवा संचालन गर्ने गरी तयारी भएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन् ।

उहाँका अनुसार आज बसेको सरोकारवाला निकायको छलफलपछि प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, यातायात व्यवसायीको तर्फबाट शिवपुरी यातायातका प्रालिका अध्यक्ष लोकराज जोशी, जयमालिका यातायात प्रालिका अध्यक्ष पृथ्वी रावल, सडक डिभिजन कार्यालयका प्रतिनिधि लगायतको टोलीले मार्तडीदेखि ढम्कने सम्मको सडकको स्थलगत अनुगमन समेत गरेको छ ।

विज्ञापन

मार्तडी–कोल्टी सडक अन्तरगतको बडीमालिका नगरपालिका– ७ को चुथी र रजातोली गाउँ नजिकैको सडकको तत्कालै स्तरोन्नति गरेपछि सहजै तरिकाले बस सेवा संचालन गर्न सकिने जयमालिका यातायात प्रालिका अध्यक्ष पृथ्वी रावलले बताएका छन् । मार्तडी देखि कोल्टी सम्मको सडकमा नियमित रुपमा बस सेवा संचालन गर्नका लागि सडकको स्तरोन्नति सडक डिभिजन कार्यालयले गर्ने भएको छ ।

माघ १५ गतेबाट कोल्टीमा आयोजना हुने १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुने खेलाडीहरुलाई आउजाउ गर्न सहज होस भन्ने उद्देश्यले पहिलोपटक मार्तडी कोल्टी सडकमा बस सेवा संचालन गर्ने तयारी गरिएको लागिएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख रोकायाको भनाई छ ।

यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १५ गते कोल्टीमा आयोजना हुँदैछ । माघ १४ गते पहिलोदिन मार्तडीबाट १ वटा वसमा ४० जना विद्यार्थी खेलाडीहरुलाई बोकेर मार्तडी देखि कोल्टी सम्मको बससेवा स‌चालनका लागि परिक्षण यात्रा गरिने जिल्ला समन्वय समिति बाजुराले जनाएको छ । मार्तडी कोल्टी सडकमा एकदशक देखि जीप व्यवसायीहरुले सेवा दिईरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार