होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा ३ कार्तिक। चर्चित देउडा गायिका शोभा थापाका ३ वटा देउडा गीतको छायाकंन मालिका माविको प्राङ्गणमा गरीएको छ । सुदूरपश्चिमका बनपाखामा गाईने देउडा गीतहरुको छायाङ्कन मार्तडीमा गरिएको गीतका गायिका शोभा थापाले बताएकी छन् । गितले खोजेको परीबेश अनुसारका देउडा गीतहरुको बाजुरा जिल्लामा सहभागि भएको समय पारी तिन ओटा देउडा गितको छायाङ्कन गरीएको गायिका […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक। खप्तड छेडेदह पर्यटन महोत्सवको आयव्यय सार्वजनिक गरिएको छ । जय मालिका यातायात प्रालिको आयोजनामा गत असोज २६ देखि कार्तिक १ गतेसम्म खप्तड छेडेदह गाउँपालिकाको आर्टिचौरमा महोत्सव सम्पन्न भएको थियो । “कृषि पर्यटन कला संस्कृती बाजुराको पहिचान, पर्यटकलाई गन्तब्यसम्मको जिम्मा जयमालिका यातायातको अभियान” भन्ने मुल नाराका साथ आयोजना गरिएको छेडेदह पर्यटन महोत्सवको […]
अर्जुन शाह/कार्तिक ३ बाजुरा। सडकको छेवैमा जोडिएको छ विद्यालयको प्रवेशद्धार । त्यहीँ प्रवेशद्धारको दायाँपट्टि ठड्याइएको बोर्डमा लेखिएको छ‘अभिभावकज्यू, एकपटक विद्यालयमा प्रवेश गरी आफ्ना छोराछोरीको पढाई बारेमा छलफल गरौं कि ?’ बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविले आफूलाई सुदूरपश्चिमकै नमुना सामूदायिक विद्यालयको रुपमा अगाडि बढाइरहेको छ । शैक्षिक गुणस्तरमा सुधार हुँदै गएपछि हरेक वर्ष निजी क्षेत्रबाट सञ्चालित स्कुल छाडेर […]
नागरिक रैबार/बाजुरा ३ कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ७ मा पहिलोपटक आलु मेला लाग्ने भएको छ । ढम्कने कृषि सहकारी संस्थाको आयोजना तथा बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा उक्त मेला हुन लागेको हो । स्थानीय कृषकहरुको आलु खेतिको उत्पादकत्वमा वृद्धि तथा व्यवसायीकतामा सहयोग पुगाउने उद्देश्यका प्रथम ढम्कने आलु मेला हुन लागेको हो […]
नागरिक रैबार/बाजुरा २ कार्तिक। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको पाँचौ बैठक मार्तडीमा सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराका अध्यक्ष नरबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको उक्त बैठकले नजिकिदै गरेको दिपावलीमा देउसी भैलो खेल्ने निर्णय गरेको छ । शुभ–दिपावलीको अवसरमा प्रतिष्ठानमा आवद्ध कलाकारहरुले जिल्लाको बाम्का […]
नागरिक रैबार/बाजुरा २ कार्तिक। रेडियो बुढीनन्दामा कार्यरत पत्रकार मोहन कार्कीमाथि भएको कुटपिटको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले प्रेस विज्ञप्ती मार्फत खेद व्यक्त गरेको छ । नेपाल पत्रकार महाँसघ बाजुराले आज एक प्रेस विज्ञप्ती जारी गर्दै रेडियो बुढीनन्दामा कार्यरत कार्यरत पत्रकार कार्कीमाथिको हमलाको निन्दा गरेको हो ।महाँसंघले एक जना कलमजीवी पत्रकारमाथि साँघातिक हमला […]
नागरिक रैबार/बाजुरा १ कार्तिक। बडीमालिका नगरपालिकाकी एक सुत्केरी महिलालाई जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोलीले उद्धार गरेकाे छ। बडीमालिका नगरपालिका वडा नं. ७ कि २२ वर्षिया फुलमाया सुनारको बाटोमै सुत्केरी व्यथा लागेपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर अस्पतालमा पुर्याएको हो । शुक्रबार बिहान सोही नगरपालिकाकै वडा नं. ३ माईतीघर बाट एक्लै […]
नन्दा थापा बाजुरा । लैंगिक हिंसा, समाज र खोज पत्रकारिता सम्बन्धि ३ दिने तालिम सदरमुकाम मार्तडीमा सञ्चालन गरिएको छ । समाजमा महिला माथि हुने विभिन्न प्रकारका हिंसालाई पत्रकारिताको माध्यामबाट न्युनिकरण गर्न तालिम सञ्चालन गरिएको हो । महिला माथि हुने विभिन्न हिसां रुप पत्ता लगाई सञ्चार माध्यायमद्धारा सम्पेषण गरी महिला माथि हुने हिसां न्युनिकरण गर्न तालिम […]
नागरिक रैबार/कोल्टी ३० असाेज। बुढीनन्दा नगरपालिकाले आयोजना गरेको मेयर कप फूटवल प्रतियोगिताको दोस्रो दिन आज सात वटा खेल सम्पन्न भएका छन । कुल २४ वटा टिमले सहभागिता जनाई रहेको सो प्रतियोगिताको अन्तीम खेलमा आज गौमूल फूटवल क्लवले जया फाउन्डेसन लाटुवस्ती माथि ३–० को जित निकालेको छ । त्यस अघि साइनिङ्ग स्टार र सुर्यतारा फाउन्डेसनका विच […]
नागरिक रैबार/बाजुरा ३० असोज। जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी जवानले दिएको रगतले जिल्ला अस्पताल बाजुरामा एक महिलाको ज्यान बचेकोे छ । उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा ४ दिन देखि भर्ना भएकि जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनकी ३० वर्षिया जावा दमाइलाई महिला प्रहरी जवान सरस्वति बमले ए पोजेटिभ एक प्वाइन्ट रगत […]
नागरिक रैबार/ बाजुरा ३० असोज। बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ मदिरा सेवन गरेर कोल्टीबजारमा होहल्ला गरिरहेका बुढीनन्दा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नृपराज खत्री सहित ९ जनालाई पक्राउ गरिएको कोल्टीबाट प्रहरी सहायक निरिक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन् । […]
नागरिक रैबार/बाजुरा ३० असोज। बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष खगेन्द्र रावत धनगढीबाट पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिकाको वडा नम्वर ३ स्थित तारा चन्दको घरबाट वडा अध्यक्ष रावतलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट ८८ हजार नगद सहित धनगढी उप–महानगरपालिका वडा नम्वर ४ का ४३ […]
नागरिक रैबार/बाजुरा २७ असोज। नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले एक विचल्लीमा परेको दीनः दुखिको परिवारका लागि खाद्यन्न सामाग्री सहयोग गरेका छन् । पत्रकार तथा सामाजिक अभियान्ता सिंहले बडीमालिका नगरपालिका वडा नं. ३ रजालिकि दिनः दुखि सुना सार्कीको ४ जनाको परिवारका लागि चामल, दाल, तेल लगायत खाद्यन्न सामाग्री सहयोग गरेका हुन् […]
रामबहादुर वि.क./असोज २७ बाजुरा । सदरमुकाम मार्तडीलाई कमथलो बनाएर बडा दशैं मनाउन घर गएकाहरु यतिवेला सदरमुकाममा फर्किन थालेका छन् । जिल्लाको सदरमुकाम मार्तडीस्थित रहेका सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचरी र अन्य सर्वसाधारणहरु यतिवेला सदरमुकाम मार्तडीमा फर्किन थालेका हुन् । मार्तडीस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी र गाउँ–गाउँबाट दशैं मनाएर सर्वसाधारणहरु सदरमुकाम मार्तडी […]
नागरिक रैबार/बाजुरा २७ असोज ।त्रिवेणी बचत तथा रिण सहकारी संस्था लिमिटेडको १८ औं वाषिक साधारण सभा मार्तडीमा सूरु भएको छ । उद्योमशिल बानी, उद्योगमा लगानी भन्ने मुल नाराका साथ त्रिवेणी सहकारी १८ औं वार्षिक साधारण सभा मार्तडीमा सूरु भएको हो । उक्त सभाकाे एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले उद्धघाटन गरेका हुन् । […]
रमित विक/बाजुरा २६ असोज। कृर्षि, पर्यटन, कला संस्कृति बाजुराको पहिचान, पर्यटकलाई गन्तब्य सम्मको जिम्मा जय मालिका यातायातको अभियान’ भन्ने मुल नाराका साथ खप्तड छेडेदह पर्यटन महोत्सव आजदेखि सूरु भएको छ । छेडेदह तालको संरक्षणमा राज्यको आँखा नपरेका कारण जय मालिका यातायात प्रा.लि.को आयोजना तथा गाउँपालिकाको सह–आयोजनामा उक्त महोत्सव छेडेदह तालमा सञ्चालन गरिएको हो । महोत्सवको […]
नागरिक रैबार/बाजुरा २६ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गौमुल गाउँ कमिटीका सदस्यहरुले आइतबार शपथ ग्रहण गरेका छन् । गौमुल गाउँपालिकाको घटमुनामा आयोजित एक कार्यक्रमका विच गौमुल गाउँ कमिटीका ७५ सदस्यहरुलाई नेकपा बाजुरा जिल्ला कमिटी सचिव भरत बुढाले सामुहिक रुपमा सपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा गाउँ कमिटीका सदस्यहरुले जनताको जनमतलाई कदर गर्दै […]
नागरिक रैबार/ बाजुरा २६ असोज। राष्ट्रिय परीक्षा बोर्डले असोज ७ गते प्रकाशित गरेको कक्षा ११ को परिक्षामा काठमाण्डौं मोडल कलेजबाट बाजुराका खगेन्द्र बोगटी कलेज टप भएका छन् । काठमाण्डाै माेडल कलेजमा अध्ययनरत बाेगटीले कक्षा ११ को परिक्षामा म्यानेजमेन्ट तर्फ ३.६८ जिपिए नतिजा ल्याएर कलेज टप भएका हुन् । बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कने […]
नहकुल जोशी/कोल्टी २५ असाेज। नेकपा बुढीनन्दा नगर कमिटीका सदस्यहरुले सफथ ग्रहण गरेका छन् । नेकपा बुढीनन्दाले आयोजना गरेको सपथ ग्रहण तथा सुभकामना आदान प्रदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा बाजुराका अध्यक्ष कालिवहादुर शाहीले सपथ नगर कमिटीका सदस्यहरुलाइ सपथ खुवाएका हुन् । नेकपा बुढीनन्दाका अध्यक्ष जंगविर रोकाया सहित ८१ जना पदाधिकारीले सपथ लिनुभएको छ । […]
नागरिक रैबार/बाजुरा २५ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराको सोधपुज कक्षको इमरजेन्सी १०० नम्बरमा फोन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको १०० नम्वरमा फोन गरि गालि गलोज गरेको आरोपमा खप्तड छेडेदह गाउँपालिका वडा नम्मर ७ आटीचौरका २० वर्षिया नबिन रावतलाई पक्राउ गरेको हो । असोज २० गतेका दिन रावतले […]