होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रहरीद्धारा सवारी चेकजाँचमा कडाई
Breaking News

प्रहरीद्धारा सवारी चेकजाँचमा कडाई

  • नागरिक रैबार
प्रहरीद्धारा सवारी चेकजाँचमा कडाई
सदरमुकाम मार्तडीको बसपार्कमा गस्ति गर्दै प्रहरी : तस्विर नागरिक रैबार

नागरिक रैबार/बाजुरा १५ कार्तिक। जिल्ला प्रहरी कार्यालय बाजुराले सवारी साधानहरुको चेकजाँचमा कडाई गरेको छ । दशैं तिहार मनाउनका लागि जिल्ला भित्रिएकाहरु दशैं तिहार मनाएर कर्मथलो फर्किन थालेपछि सवारी साधान चेकजाँचमा प्रहरीले कडाई गरेको हो ।

विशेष गरि दशैं तिहार पछि गृह जिल्लाबाट बाहिर जाने यात्रुहरुसंग वढी भाडा अशुल्ने, सवारी साधानहरुको क्षमताभन्दा बढी यात्रुहरु राख्ने सवारी साधानहरुको चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरीले विहिबार जिल्लाका ग्रामिण सडकहरुमा संचालन भईरहेका र जिल्ला सदरमुकाम भित्रिने र बाहिरीने लामो दुरीका सवारी साधानहरुको चेकजाँच गर्दा ४० वटा ट्राफिक नियम कानुनको उल्लंघन गरेको पाईएपछि विभिन्न सवारी साधानहरु बाट एकै दिन २९ हजार पाँच सय राजस्व संकलन गरेको छ ।

विज्ञापन

विगतका महिनाहरु भन्दा तेव्वरले सवारी साधान चेकजाँचबाट राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा डिएसपी उद्धवसिंह भाट प्रवेश पछि हालसम्म सवारी साधान चेकजाँचबाट मात्रै १० लाख २३ हजार बढी राजस्व संकलन भईसकेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार