होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा सांसद कोषको ६ करोड रकम कुन ठाउँमा कति ?
Breaking News

बाजुरामा सांसद कोषको ६ करोड रकम कुन ठाउँमा कति ?

सडक, शिक्षा र सिँचाईमा प्राथमिकता

  • नागरिक रैबार
बाजुरामा सांसद कोषको ६ करोड रकम कुन ठाउँमा कति ?

रमित विक/बाजुरा ९ कार्तिक। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड बजेटमा सडक, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखिएको छ । निर्वाचित प्रतिनिधी सभा सदस्यको नेतृत्वमा विनियोजन गर्ने ६ करोड बजेटमा सडक, शिक्षा र सिँचाइलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।
६ करोड बजेटमध्ये २ करोड ३० लाख सडक निर्माण मै छुट्याईएको छ । ५० लाख बराबरका ठूला ६ वटा योजना मध्ये चार वटा योजना सडक नै परेका छन् । जसमा गौमुल गाउँपालिका अन्र्तगत घटमुना मानाकोट सडक, जगन्नाथ गाउँपालिका अन्र्तगत महनकोट हुदै थारिकाँडा सडक, स्वामिकात्र्तिक गाउँपालिका अन्र्तगत सुईजिउँला साप्पाटा र बर्कु अस्पताल देखि कार्कीवाडा मुक्तिकोट सडक निर्माणमा ५०–५० लाख बजेट विनियोजन गरिएको छ ।
स्वामिकार्तिक गाउँपालिकामा यो वर्ष २ ठूला योजनामा १ करोड गएको छ । यस्तै बुढीगंगा नगरपालिका २ र ३ मा बाटो, चौपाडी तथा गेट निर्माणका लागि ५० लाख छुट्याईएको छ, भने गौमुल गाउँपालिका २ को जनज्योति माविको भवन निर्माणका लागि पनि ५० लाख बजेट विनियोजन गरेको छ ।
गौमुल गाउँपालिकामा विद्यालय भवन, सडक र महादेव आधारभुत विद्यालयको भवनका लागि थप २० लाख गरि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ । नौ वटा स्थानीय तहमध्ये गौमुलमा सबैभन्दा बढी बजेट गएको छ ।

यस्तै खप्तड छेडेदह गाउँपालिमा ५० लाख बजेट गएको छ । घटाल प्रावि डोगडी घेरबारका लागि १० लाख, दाब्रेतोला देखि पीपलगाउँ जयवागेश्वरीसम्मको सडक २० लाख, सिमपाटी सिँचाई आयोजना दानीगाउँ १० लाख र मेलमुडा खानेपानी गुदुखातीका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

त्रिवेणी नगरपालिका १ स्थित लोवाढुंगा भुगातोला खानेपानी १० लाख, ६ नम्बर वडा पीपल तोला भाडवाडा खानेपानी १० लाख र धल्पुरी मावि तोलीमा १० लाख २५ हजार रुपैया बजेट विनियोजन गरिएको छ । जगगन्नाथ गाउँपालिकामा ५० लाख सडक बाहेक तल्लो हुनी सिँचाई कुलो १० लाख, नवजीवन कृषि उपज तथा संकलन केन्द्र गोत्री १० लाख र खोचीघाट भुका सिँचाई कुलो २० लाख बजेट विनियोजन गरिएको छ ।

विज्ञापन

बडिमालिका नगरपालिका अन्र्तगत त्रिभुवन आधारभुत विद्यालय नुवाकोटमा १० लाख, मनागाड विद्युत नहर निर्माण १० लाख, वीरेखोला सिँचाई आयोजना निर्माण १० लाख र गडखेत दैयारा सिँचाई निर्माण १० लाख बजेट विनियोजन गरिएको छ ।

बुढीगंगा नगरपालिकामा जेष्ठ नागरिक योग केन्द्र भवन निर्माण १० लाख, सिँगाडा मावि घेरबार १० लाख, धुरालसैन मावि भवन निर्माण १० लाख र बार्जुगाड विद्युत आयोजना निर्माण १० लाख बजेट विजियोजन गरिएको छ । बुढीनन्दा नगरपालिका माटीखान बयालपाटा तटबन्ध १० लाख, स्यालकाँटीया गाउँपहिरो तटबन्ध १० लाख र खूल्मीगाड विद्युत नहर निर्माण कोटीला १० लाख बजेट विनियोजन गरिएको छ ।

हिमाली गाउँपालिका बिच्छ्या मावि फिल्ड र घेरबार निर्माण १० लाख, मदनआश्रीत सामुदायिक भवन निर्माण १० लाख र लेख बिच्छ्या देखि उहिनेडीसम्म गोरेटो बाटो निर्माण १० लाख बजेट विनियोजन गरिएको छ । नौ वटा स्थानीय तहमध्ये हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकामा सबैभन्दा कम ३०।३० लाख बजेट मात्र विनियोजन गरिएको छ । भने १० लाख बजेट जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि विनियोजन गरिएको छ । ३२ वटा योजनामा ६ करोड बजेट विनियोजन गरिएको छ । त्यो मध्ये ७ लाख ५० हजार जिल्ला समन्वय समिति प्रशासनीक खर्च छुट्याईएको छ ।

सडक सञ्जाल विस्तार, शिक्षाको गुणस्तरका लागि संरचना निर्माण र उत्पादनका लागि सिँचाई आवश्यक ठानेर नै प्राथमिकतामा राखिएको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले बताएका छन् । संघीय सभामा १ निर्वाचन क्षेत्र रहेको बाजुरामा थापा संयोजक रहेको निर्देशक समितिबाट बजेट विनियोजन गरिएको हो ।

थापा सहीत नेपाली काँग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधीत्व गर्ने बद्री पाण्डे सदस्य र समन्वय अधिकारी तीर्थराज भट्टाराई सदस्य सचिव सहीतको समितिले बजेट विनियोजन गरिएको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाका स्वकिय सचिव सुरेश रोकायाले बताएका छन् । ६ करोड मध्ये १ करोड ३० लाख रकम बद्री पाण्डेले आफ्नो प्राथमिकतामा विनियोजन गरेका हुन् भने बाँकी प्रतिनिधी सभा सदस्य लालबहादुर थापाले आफ्नो प्राथमिकतामा विनियोजन गरेका हुन् । बजेट सहमतिका आधारमा विनियोजन गरिएको प्रतिनिधि सभा सदस्यका जिल्ला प्रतिनिधी तुलसीराम रोकायाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार