होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • त्रिवेणी एकमा नेकपा र काँग्रेसवीच प्रतिष्पर्दा हुँदै
राजनीति

त्रिवेणी एकमा नेकपा र काँग्रेसवीच प्रतिष्पर्दा हुँदै

  • नागरिक रैबार
त्रिवेणी एकमा नेकपा र काँग्रेसवीच प्रतिष्पर्दा हुँदै

नागरिक रैबार/बाजुरा १८ कार्तिक। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा त्रिवेणी नगरपालिका १ छतारामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रस विच कडा प्रतिष्पर्दा हुने देखिएको छ । त्रिवेणी एकको वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मनराज बुढा र नेपाली काँग्रेसले खगेन्द्र चंदारालाई वडा अध्यक्षमा प्रतिष्पर्दा गराउने भएको छ ।

नेकपा र नेपाली काँग्रेस दुवै पार्टीको बराबरी क्षेत्र मानिएको छतारामा नेकपाले मनराज बुढा र नेपाली काँग्रेसले खगेन्द्र चंदारालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । उनीहरु दुवै जना वीच कडा प्रतिष्पर्दा हुने देखिएको छ ।

यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा त्रिवेणी एकमा नेपाली काँग्रेसका तर्फबाट तत्कालिन वडा अध्यक्ष खम्म नेपाली विजयी भएका थिए ।
तत्कालिन वडा अध्यक्ष खम्म नेपालीसंग प्रतिष्पर्दा गरि स्थानीय तहको निर्वाचनमा ३५ मतले वडा अध्यक्षमा पराजित भएका नेकपाका मनराज बुढालाई पुनः वडा अध्यक्ष पदको उम्मेदवारमा सिफारिस गरिएको नेकपा बाजुराले जनाएको छ ।

विज्ञापन

२०७४ को स्थानीय तहको निवार्चनमा वडा अध्यक्षका प्रत्यासी मनराज बुढाले ३५ मतले पराजित भएको भएपनि पुनः मनराजलाई नै वडा अध्यक्षको पदमा प्रतिस्पर्धामा उतारिएको नेकपाको भनाई छ ।

त्यस्तै नेपाली काँग्रेस बाजुराले पनि वडा अध्यक्षमा दलित समुदायबाट खगेन्द्र चंदारालाई वडा अध्यक्षको उम्मेदवारमा प्रतिष्पर्दा गराउने भएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचनमा ३६५ मत प्राप्त गरी तत्कालिन वडा अध्यक्ष खम्म नेपाली विजयी भएका थिए ।

त्यतिवेला जम्मा सात सय मत खसेको थियो । अहिले मतदाता संख्यापनि केही बढेकोले कसले बाजी मार्ने हो कार्यकर्ताहरुले जोड घटाउ गर्न सुरु गरिसकेका छन् ।

उक्त वडामा हाल १०३९ मतदाता संख्या रहेको छ । नेपाली काँग्रेस बाट विजयी बनेका तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते जीप दुर्घटना परी मृत्यु भएको थियो । वडा अध्यक्ष नेपालीको मृत्यु पश्चात उक्त वडामा आगामी मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै