होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सडक निर्माणमा अवरुद्ध भएको घर हटाउँदै मेयर बडुवाल
Breaking News

सडक निर्माणमा अवरुद्ध भएको घर हटाउँदै मेयर बडुवाल

  • नागरिक रैबार
सडक निर्माणमा अवरुद्ध भएको घर हटाउँदै मेयर बडुवाल

नागरिक रैबार/बाजुरा ९ कार्तिक। सदरमुकाम मार्तडीको मुहार दिनानुदिन फेरिदै गएको छ । मार्तडी बजार अहिले सफा सुग्गर र आकर्षक बन्दै छ ।
नगरपालिकाले मार्तडी बजारको ब्यबस्थापन, सडकको स्तरोन्नति र खानेपानीको ब्यबस्थापन गर्दै गएपछि सदरमुकाम मार्तडीको मुहारमा परिवर्तन आउदै गएको हो ।
बडीमालिका नगरपालिकाले मार्तडी बजारलाई व्यवस्थित बनाउनका लागि मार्तडीमा चक्रपथ सडक निर्माण गरिरहेको छ । गौडाडिल देखि खुलामंच सम्मको सडक निर्माण सम्पन्न भईसकेको छ भने वन डिभिजन कार्यालय देखि जिल्ला अस्पतालसम्मको सडक निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको छ ।

दुवै सडकको चौडाइ ६ मिटर रहेको छ भने पैदलयात्रुहरुका लागि सडकको छेउछाउमा एक मिटर बाटो समेत निर्माण गरिएको छ ।सो सडक निर्माण गर्दा लोकतान्त्रिक चोक नजिकैको एक घरले सडक निर्माणमा बाधा पुर्याएको थियो ।

विज्ञापन

शनिबार बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफै खटिएर सो सडक भित्र परेको घरलाई हटाउन सुरु गरेका छन् । सडक भित्र पर्ने सो घर हटाईएपछि अव सदरमुकाम मार्तडी बजारको सडक निर्माण सम्मन्न हुने नगर प्रमुख पदम बडुवालले बताएका छन् । मार्तडीको मुहार फेर्नु नै बडीमालिका नगरपालिकाको पहिलो प्राथमिकता रहेको नगरप्रमुख बडुवालको भनाईछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार