होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • त्रिवेणी नगरपालिकामा सुत्केरीको मृत्यु
Breaking News

त्रिवेणी नगरपालिकामा सुत्केरीको मृत्यु

  • नागरिक रैबार
त्रिवेणी नगरपालिकामा सुत्केरीको मृत्यु

नागरिक रैबार/बाजुरा १६ कार्तिक। त्रिवेणी नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नं. १ छतारा निवासी सुनिल नेपालीकि श्रीमति रजिया नेपाली रहेकी छन् ।

रजियालाई सुत्केरी वेथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा ल्याएका थिए । स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जिवितै जन्मदिएकि थिईन् ।

शिशुलाई जन्मदिएको केही घण्टापछि बेहोस भएर रजियाको स्वास्थ्य चौकीमै शनिवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिएका छन् । मृत्यु भएकी सुत्केरी रजियाको शनिवार दाहसस्कार गरिएकाे छ ।

विज्ञापन

बाजुराका हरेक ठाउँका स्वास्थ्य चौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुनुले सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार