होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • आलु महोत्सवको तयारी पुरा, मन्त्री चौधरीले उद्धघाटन गर्ने
Breaking News

आलु महोत्सवको तयारी पुरा, मन्त्री चौधरीले उद्धघाटन गर्ने

  • नागरिक रैबार
आलु महोत्सवको तयारी पुरा, मन्त्री चौधरीले उद्धघाटन गर्ने

नागरिक रैबार/बाजुरा १९ कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा पहिलो पटक हुन लागेको आलु महोत्सवको तयारी पुरा भएको छ । कार्तिक २० गते देखि २२ गते सम्म संचालन हुने उक्त महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा हुन लागेको उक्त महोत्सवको तयारी पुरा भएको हो ।

स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको हो ।
कार्तिक २० गतेबाट संचालन हुने उक्त महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आलु महोत्सव प्रचार प्रसार समितिका संयोजक संयोजक लक्ष्मीराज पाध्यायले बताएका छन् ।

विज्ञापन

महोत्सवको उद्धघाट्नको लागि सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरी सदरमुकाम मार्तडीमा पुगीसक्नु भएको उहाँले बताए ।  पहिलो पटक पहाडी जिल्ला बाजुरा प्रवेश गरेकी मन्त्री चौधरीलाई सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको छ ।

महोत्सवमा ढम्कने कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित आलु प्रदर्शनी आलुका ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुका विभिन्न परिकारहरु प्रदर्शनी गर्नेछ भने मेलालाई भव्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत बेजोड प्रस्तुति दिने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार