होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • कृषकहरुलाई उन्नत जातको गहुँको विऊ वितरण गरिदै
Breaking News

कृषकहरुलाई उन्नत जातको गहुँको विऊ वितरण गरिदै

  • नागरिक रैबार
कृषकहरुलाई उन्नत जातको गहुँको विऊ वितरण गरिदै

नागरिक रैबार/बाजुरा ७ कार्तिक। बाजुराका कृषकहरुलाई गहुँको विऊ वितरण गरिने भएको छ । यहाँका कृषकहरुको मागलाई मध्येनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले गहुँको विऊ वितरण गर्न लागेको हो । कृषकहरुलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि ज्ञान केन्द्र बाजुराले विभिन्न अनुदानमा बाजुरामा कृषकहरुलाई सहयोग गर्दै आईरहेको छ ।

कृषि ज्ञान केन्द्रले जहिले ढिलो बीउ ल्याउछ भन्ने विगत देखिको कृषकको गुनासोलाई मध्यनजर गरि यस बर्ष समयमै कृषि ज्ञान केन्द्र बाजुराद्वारा जिल्लाका ९ वटै स्थानिय तहको कृषि विकास शाखाको समन्वयमा वीजवृद्विका लागि प्रजनन् बीउ र खायनका लागि उन्नत बीउ गरि ७० कुईन्टल गहुँको बीउ वितरण गरिने कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मिनप्रसाद जैशिले बताएका छन् ।

जिल्लाका ९ वटै स्थानिय तहमा यस वर्षका लागि गहुँको विऊ ढुवानी गरिसकेकोे कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । कृषि ज्ञान केन्द्रले बाजुराका कृषकहरुलाई आवश्यक पर्ने गहुँको विऊ सम्वन्धित स्थानीय तहमा रहेका कृषि विकास शाखामा सम्पर्क गरी ८५ प्रतिशत उमारशक्ति भएको उन्नत जातको गहुँको वीउको प्रयोग गर्न आग्रह गरेको छ ।

विज्ञापन

साथै ५० प्रतिशत अनुदानमा हिउँदे तरकारीको हाईव्रिड तथा उन्नत बीउ कृषि ज्ञान केन्द्र बाजुराबाट वितरण भईरहेको समेत कृषकहरुलाई जानकारी गराएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार