होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका नगरपालिकामा टोल सुधार समिति गठन
Breaking News

बडीमालिका नगरपालिकामा टोल सुधार समिति गठन

  • नागरिक रैबार
बडीमालिका नगरपालिकामा टोल सुधार समिति गठन

नागरिक रैबार/बाजुरा १७ कार्तिक। बडीमालिका नगरपालिकामा टोल सुधार समिति गठन गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ८ बजार एरिया भित्र पर्ने लोकतान्त्रिक चोक देखि खुलामंच भित्रको लागि टोललाई व्यवस्थित गर्नका लागि टोल सुधार समिति गठन गरिएको हो ।

कृष्ण बहादुर कार्की अध्यक्ष रहने गरी १३ सदस्यीय कार्यसमिती गठन गरेको छ । जसमा उपाध्यक्ष खडक बहादुर राना, सचिव अंगे रावल, सहसचिव बलबहादुर बुढा, कोषाध्यक्ष नन्दादेवी शाही र तुले बडुवाल, महेन्द्र रावल, रोषन श्रेष्ठ, धर्म बोहरा, रामबहादुर कुँवर प्रकाश रावल, जयविर कटेल, प्रकाश रावल र शान्ती शाही सदस्य रहेका छन् ।

बडीमालिका टोल सुधार समितिले संस्थागत विकासका लागि टोल सुधारका विभिन्न सकारात्मक कार्य गर्ने भएको छ । उक्त समितिको विकासका लागि आगामी मंसिर १ गते कार्ययोजना पेश गर्ने निर्णय गरिएको कार्ययोजना निर्माण समितिका सदस्य मदन राज जैशीले बताएका छन् । टोल सुधार समितिले बडीमालिका नगरपालिकालाई स्वच्छ र सफा बनाउन सहयोग गर्ने बताईएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार