होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • दु:खी र विपद्मा परेकाको सहयोगका लागि त्रिवेणीमा महायज्ञ लाग्ने
धर्म / संस्कृति

दु:खी र विपद्मा परेकाको सहयोगका लागि त्रिवेणीमा महायज्ञ लाग्ने

  • नागरिक रैबार
दु:खी र विपद्मा परेकाको सहयोगका लागि त्रिवेणीमा महायज्ञ लाग्ने
फायल फोटो

नागरिक रैबार/बाजुरा १७ कार्तिक।  त्रिवेणी नगरपालिकामा भूमि पुजन गायत्री महायज्ञ हुने भएको छ । नगरपालिकाको आयोजनामा पहिलो पटक कार्तिक २६ गते देखि २८ गते सम्म लाग्ने भएको हो । भवन लगाउन भन्दा अगाडि महायज्ञ हुन लागेको हो । महायज्ञमा संकलन भएको रुपैयाँ दुखी र विपद्मा परेका व्यत्तिहरुलाई सहयोग गर्ने छन् ।

नगरपालिकाको केन्द्रविन्दु वडा नम्बर ४ को टुडेगडामा हुने नगरपालिका सुचना तथा सञ्चार प्रविधि अधिकृत नरेशराज पन्तले जानकारी दिए । महायज्ञ सम्पन्न गर्नका लागि दुई वटा समिति गठन गरिएका छन् । नगर प्रमुख रामसिंह रावलको संयोजक्तोमा मुल समिति गठन गरिएको हो ।
यस्तै महायज्ञ सञ्चालनका लागि ७ वटा उप–समिति गठन गरिएको छ ।

आर्थिक तथा सामाजिकमा वडा नम्बर ३ का अध्यक्ष मिनबहादुर भण्डारी, अतिथि सत्कारमा वडा नम्बर ८ का अध्यक्ष भिमबहादुर थापा, भोजन व्यवस्थापनमा वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर थापा, मञ्च व्यवस्थापनमा वडा नम्बर ४ का काले साउँद, स्वयंम् सेवक परिचालकमा वडा नम्बर ६ का वडा अध्यक्ष खड्कबहादुर बुढा रहेका छन् ।

विज्ञापन

पुजा व्यवस्थापनमा वडा नम्बर ९ का वडा अध्यक्ष बिरबहादुर विष्ट, प्रचारप्रचार समितिमा उपप्रमुख राधिकादेवी सुनार र स्वास्थ्य उस–सतितिमा स्वास्थ्यका कर्मचारी शंकर विष्ट रहेका छन् । भजन किर्तनमा वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष कमल बुढा रहेका छन् ।
अहिले अस्थायी कार्यलय नगरपालिकाको भवन वडा नम्बर ४ को विमेलीमा रहेका छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार