होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा डिएसपी भाटको एकवर्षे रौनक (सुचिसहित)
Breaking News

बाजुरामा डिएसपी भाटको एकवर्षे रौनक (सुचिसहित)

  • नागरिक रैबार
बाजुरामा डिएसपी भाटको एकवर्षे रौनक (सुचिसहित)

नागरिक रैबार/बाजुरा ८ कार्तिक। डिएसपी उद्धवसिंह भाट बाजुरा प्रवेश गरेको एक वर्ष पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रमुख भएर २०७५ साल कार्तिक ८ गते हाँजिर भएका थिए । सो अवधिदेखि हालसम्म बाजुराली जनताको जीउधनको सुरक्षा र समाजमा अमनचयन कायम गर्न दिनरात कटिबद्ध भएर काम गर्दै आएका छन् ।

 निर्देशित कार्य योजना हुँदाहुँदै पनि उहाँले बाजुरेली समाजमा रहेका असहाय र अशक्तलाई कँही आर्थिक सहयोगले त कँही विरामीहरुलाई रगत दिएर नवजीवन दिएका थिए । यती मात्र नभई उहाँले समाजनै भाँडिने गरी भएका कयौँ अपराधिक गतिविधीहरुलाई स्वंम उपस्थिति भई न्युनिकरण गर्न अग्रसर रहिरहे । बाटाघाटा सरसफाई देखि लिएर अवरोध सडकहरुलाई सूचारु गर्न घन र सावेल समेत चलाउन पछि परेनन् ।

विज्ञापन

जिल्लामा कुनै राजनीतिक लोभलालच, प्रपन्चमा नपरि कानुनसम्वत् निरन्तर काम गर्दै आईरहेका छन् । ट्राफिक नियम र कानुनको उल्लंघन गर्ने सावरी साधनलाई कार्बाही गरी यसै वर्ष १० लाख २३ हजार राजश्व संकलन गर्न सफल भएका छन् । अन्य वर्षहरुको तुलनामा यो वर्ष तेब्बरले बृद्धी भएको जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्याक‌मा उल्लेख छ ।

२०७५ साल कार्तिक ०८ देखि २०७६ साल कार्तिक ०८ गते सम्मका गतिविधिः
.बाजुरा जिल्लामा व्यापार व्यवसायको रुपमा रहेको २५ हजार ८ सय ४३ लिटर अबैध घरेलु मदिरा बराबद गरी नष्ट गरेको ।


.सौफि नामक मदिरा अखाद्य तथा हानिकारक १० हजार २ सय २९ क्वाटर मदिरा बरामद गरी नष्ट गरेको ।


.नेपाल सरकारद्वारा प्रतिबन्धित ने.क.पा.बिप्लव समूहका २४ जना नेता र कार्यकर्ता पक्राउ गरेको ।
४.प्रतिबन्धित ने.क.पा.बिप्लव समुहका ३१ जना नेता र कार्यकर्ताद्वारा प्रेश बिज्ञप्ति जारी गरी पार्टी परित्याग गरेको ।
५.प्रतिबन्धित ने.क.पा.बिप्लब समुहका २ जना नेता र कार्यकर्तालाई पक्राउ गरि जिप्रका मुगुलाई बुझाएको ।
६.ट्राफिक नियम र कानुनको उल्लंघन गर्ने सावरी साधनलाई कार्बाही गरी राजश्व संकलन गरेकोः १०, २३,०००(दश लाख तेईस हजार ) (अन्य वर्षहरुको तुलनामा तेब्बरले बृद्धी भएको )


७.अबैध जटिबुडीमा संकलन १५ जर्नो ठेकेदार र भरिया सहित पक्राउ गरिएको ।
८.अबैध चोरी शिकारी गर्ने ४ जनालाई हातहतियार सहित पक्राउ गरेको । (जसमा जनप्रतिनिधि समेत रहेको ।
९.जवरजस्ती करणी जस्तो जघन्य अपराध गर्ने पक्राउः १२ जना जसमा ४ वटा नाबालिका रहेको (५, ६, ११, १२ वर्षका रहेको ।
१०.बाजुरा जिल्लामा समस्याको रुपमा रहेको बालबिबाह रोक्नका लागि बिभिन्न खालका जनचेतनामुलुक कार्यक्रमहरु गर्नुका साथै जिल्लाका बिभिन्न ठाँउमा हुन लागेका १५ वटा बालबिबाह रोकेको ।
११.बाजुरा जिल्लाको शान्ती सुरक्षाको अवस्थालाई मधयनजर गरी २ वटा प्रहरी युनिट थपेको (अप्रपोष्ट धुलाचौर,अप्रपोष्ट जुड्डी)।
१२.प्रस्तावित प्रहरी ईकाई र प्रहरी ईकाईको भवन निर्माण गर्नको लागि निःशुल्क जग्गा उपलब्ध गराएकोः(३ ठाँउमा ।(थप ७ ठाँउमा उपलब्ध गराउनका लागि पहल भइरहेको)।


१३.नेपालको संबिधानले नेपाली जनतालाई दिएको अधिकार अन्तर्गत सुचनाको अधिकार अनुसार बाजुरेली जनतलाई प्रहरी संग सम्बन्धित सम्पूर्ण सुचनाहरु र गतिविधिहरु रेडियो मार्फत प्रशारण गर्ने गरेको ।
१४.मदिरा सेवन गरी होहल्ला गर्ने पक्राउ गरी कानुनी कार्बाही गरेकोः(१,३६७ जना ।
१५.अबैध रुपमा तस्करी हुन लागेको जडिबुडी बरामद गरेकोः ४०० किलोग्राम ।


१६.समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्र.ना.उ उद्धब सिंह भाटले कक्षा लिनु भएकोः २५ वटा ठाँउमा । जसमा उहाँले बिभिन्न खालका जनचेतनामुलक कुराहरुका साथै समाजमा शान्ति स्थापनार्थका लागि चाहिने कुराहरु जस्ता विषय र अपराधको नियन्त्रण गर्नका लागि गर्नु पर्ने कुराहरुमा समेत जोड दिनु भएको थियो ।
१७. समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हालसम्म गठन गरिएका समितिहरुः


(क) जिल्ला समितिः १ वटा,(ख) पालिका समितिः ९ वटा, (ग) वडा समितिः ६९ वटा (घ) टोल समितिः १३२ वटा
(ङ) विद्यालय सम्पर्क कार्यक्रमः ४७ वटा (च) जनचेतनामुलक कार्यक्रमः २३५ वटा (छ)अन्तरक्रिया तथा छलफल कार्यक्रमः ३५ वटा
(ज) बिशेष खालका प्रशिक्षण कार्यक्रमः ५ वटा (झ) नागरिक तथा सार्वजनिक सुनुवाईः ३ वटा


(ञ) अन्य कार्यहरु (स्वास्थ्य शिविर संचालनः १ वटा (मार्तडीमा) (ट) सरसफाई कार्यक्रमः ११ वटा (ठ) घर दैलो कार्यक्रमः २४ वटा
(ड) प्रहरी सँग एक दिन कार्यक्रमः ५ वटा (ण)यसमा जुवा खेल्ने खेलाउने १०१ जनालाई पक्राउ गरी कानुनी कार्बाही गरेको र जिल्लाभर गाँजा फडानी गरेको ६८५ रोपनी गरिएको ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार