होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • छेडेदहमा बस पुग्यो, बस हेर्नेको घुइचो
बाजुरा बिशेष

छेडेदहमा बस पुग्यो, बस हेर्नेको घुइचो

  • नागरिक रैबार
छेडेदहमा बस पुग्यो, बस हेर्नेको घुइचो

नागरिक रैबार/बाजुरा। बाजुराको छडेदह गाउँपालिकाको आटीचोरमा पहिलो पटक बस पुगेको छ । गाउँमा पहिलो पटक शनिबार महाकाली यातायातको बस पुगेको हो ।

यस अघि जीप सेवा संचालन हुँदै आएको भएपनि ठुलो गाडी पहिलोपटक पुगेको हो । गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयहरु दङ्ग भएका छन् । बस हेर्नकै लागि गाउँगाँउबाट स्थानीयहरु आटिचाैर पुगेका छन् । साँफे मार्तडीसडक अन्तरगत पर्ने बल्देबजारबाट आटिचौर सम्म पहिलोपटक बस पुगेको हो ।

छोटो दुरीका सवारी साधन आफ्नो गाउँमा आउँदा देखेका छेडेदहका गाउँपालिकाका स्थानीय बासिन्दाले हर्षाेल्लासका साथ बस चालकलाई फुलमालाले स्वागत समेत गरेका थिए । पहिलो पटक महाकालि यातायात बस गाउँमा पुग्दा स्थानीय खुसी हुनुका साथै हर्नेहरुको भिड लागेको थियो । कच्ची सडकमा गाडी गुडाउन कठिन भएपनि जनताको सेवाका लागी बस संचालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष नर बहादुर रावतले बताएका छन् ।

विज्ञापन

सडक साँघुरो तथा कच्ची भएपनि बस सेवा संचालनमा ल्याएर गाउँका सर्वसाधारणलाई सेवा दिन लागेको भन्दै रावतले यस कार्यमा साथ दिने सबैलाई धन्यवाद दिएका छन् । जीपहरुमा यात्रा गर्दा थारै मात्र यात्रुलाई पुग्ने भएकाले बस सेवा संचालनमा आएपछि भने सहज हुने स्थानीयको भनाई रहेको छ ।

गा्रमीण क्षेत्रमा रहेका साघुँरा सडकको स्तर उन्नती गरेर नियमित यातायत संचालन हुने वातावरण बनाउन गाउँपालिकाले मुख्य भुमिका खेल्न आवश्यक देखिन्छ । शनिबार पहिलोपटक बस सेवा संचालनका लागि छेडेदह गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष खगेन्द्र रावतले रिवन काटेर उद्धघाटन गरेका हुन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार