होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ
धर्म / संस्कृति

पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ

  • नागरिक रैबार
पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ
स्वामिकार्तिक गाउँपालिका १ साप्पाटाको बाहुनीगाउँमा मेलामा दमाह बाजा बजाउँदै स्थानीयहरु । तस्वीर प्रमित विक

नागरिक रैबार/बाजुरा ९ कार्तिक। पछिल्लो समयमा  बाजुरामा दमाह बाजा लोप हुदैँ गएकाे छ । विशेष गरी यी बाजाहरु दशै तिहार छट, विवाहमा मेला र पर्वहरुमा बजाइने यो बाजा सुदूरपश्चिम तथा मध्यपश्मिमा बजाइने लोकप्रिय बाजा हो ।

बाजुराका ग्रामिण क्षेत्रका गाउँघरमा लोकप्रिय बाजा दमाह अहिले काँहीकतै गाउँघरमा फाडफुट देख्न तथा बजेको सुन्न पाइन्छ । दमाह बाजा पुर्ख्यौलीपालामा हाम्रो समाजमा ऊत्पत्ति भएको बाजा हो ।

यो बाजाको प्रयोग बाजुराका गा्रमीण क्षेत्रका विभिन्न गाउँघरमा विशेष गरी मठमन्दिर तथा देवता पुज्दा, विवाह, व्रतबन्धजस्ता कार्य गर्दा अनिवार्य रूपमा बजाउनुपर्ने परमपरागत चलन रहेको छ ।

विज्ञापन

पुर्खैयौली पालम मठमन्दिरमा पूजा आराधनामा बजाइने दमाह बाजाको धुन सुनिन छाडेको बूढापाकाहरुको भनाई छ । बाजुराका विभिन्न ग्रामीण क्षेत्रका मठमन्दिरमा पूजा गर्दा दमाह बजाउने परम्परा संरक्षण हुन नसक्दा अहिले सङ्कटमा परेको छ ।

बाजुराका विभिन्न क्षेत्रका मठमन्दिरमा बिहान साँझ दमाह बजाउने चलन रहे पनि अहिले सो परम्परा नै लोप हुदैँ गएको हो । मन्दिरमा दमाह बजाई पूजा आराधना गर्ने परम्परा भने अहिले हटेको छ ।

परम्परा जगेर्नामा स्थानीयवासीको चासो कम हुनु र दमाह बजाउने समुदायमाथि सामाजिक विभेद, बाजा बजाउने पेसा व्यावसायिक हुन नसक्दा युवा पुस्ताको आकर्षण हटेको हो ।

विशेष गरी गाउँघरमा दमाह बजाउनेलाई बाली दिने चलन अहिले पनि रहेको छ । परम्पराअनुसार निःशुल्क बजाउनुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसामा खासै चासो नदेखाएको र बनाउन छाडेको वृद्धवृद्धाको बनाई रहेको छ ।

हाम्रो कला संस्कृतीको जगेर्ना नगर्ने हो भने यो पछिल्लो पुस्ताले थाहा नपाउने हुनाले संस्कृति नै लोप हुनेभएकाले लोकप्रिय बाजा दमाहको संरक्षण गर्नु आवस्यक रहेको स्वामिकार्तिक गाउँपालिका वडा नं. १ का हेमन्त बि.कले बताए । समुदायका पछिल्ला युवा पुस्ताको बाजा बजाउने पेसाप्रति आकर्षण हुन नसक्दा लोकसंस्कृतिका रुपमा रहेको दमाह बाजा बजाउने परम्परा नै हराउन सक्ने सम्भावना रहेको सोही गाउँका स्थानीय  बि.कको भनाइछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार