होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ माघ।सुरेन्द्र थापाले सामाजिक संजालमा डुम शव्द प्रयोग गरेको भन्दै बाजुरा जिल्लाका दलित अधिकारकर्मीहरुले आर्कोशित भएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले दलित समुदायको अपमान हुने गरि सामाजिक संजाल मार्फत अपशव्द प्रयोग गर्दै डुम भन्ने अभिव्यक्ति दिएकोले उनलाई यथासक्य कारवाहीको माग गरेको छ । अधिकारकर्मीहरुले जारी गरेको विज्ञप्तिमा नेपाली जनताको […]
नागरिक रैबार/बाजुरा ६ माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सचिव पत्रकार प्रेम विकलाई सांसद लालबहादुर थापाको निर्देशनमा प्रहरीले पक्राउ गरेको घटना घोर आपत्ति भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल बाजुरा शाखाले प्रेस विज्ञप्ती मार्फत घोर आपत्ति जनाएको छ । फागुन ४ गते राति पत्रकार विकलाई सदरमुकाम मार्तडीस्थित नागरिक रैबार डटकमको कार्यालयबाटै सांसद थापाको निर्देशनमा […]
नागरिक रैबार बाजुरा ४ फागन । बाजुरा जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुले भारतको हस्तक्षेप विरुद्ध जेलभित्रै नारा जुलुस गरेका छन् । आइतबार विहान ७ बजे जेलभित्रका सबै ५१ जना कैदीबन्दीहरु एकभएर नारा जुलुस गरेका हुन् । उनीहरुले भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद एमसीसी मुर्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, भारतद्वारा […]
नागरिक रैबार बाजुरा ३ फागुन शैक्षिक गुणस्तर प्रवद्र्धन गर्न बडीमालिका नगरपालिका वडा नं ९ बाउलीमा रहेकाे द्वारिका प्रावि प्रारम्भिक कक्षा सिकाई मेला सम्पन्न भएकाे छ । आधारभुत तहमा पढाई सीपको विकास गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमले विद्यार्थी वीच प्रतिस्पर्धा गराउन र सिकाई अनुभव आदानप्रदान गर्न हरेक पटक पढाई मेला संचालन हुँदै आएको सेतो […]
नागरिक रैबार/बाजुरा २ फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडाले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ । सामाजिक समानता र मानव अधिकार वडाको सान, छाउपडी गाेठमुक्त नगर हाम्रो अभियान भन्ने मुल नाराका साथ यही फागुन ४ गते बडीमालिका नगरपालिकाको वडा नं. ९ लाई एक भव्य कार्यक्रमका विच छाउपडी […]
नागरिक रैबार/बाजुरा २ फागुन। बाजुराको बडीमालिका नगरपालिका ७ सिराडीका तपेश जोनले अभिनय गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । सानै उमेरदेखि नै म्युजिक भिडियोमा अभिनय गर्ने सोच बनाएका तपेशले बल्ल आएर म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएका हुन् । पछिल्लो समयमा म्युजिक भिडियोमा नयाँ नयाँ अनुहार आउने क्रम जारी रहेका वेला बाजुराको बडीमालिका नगरपालिका […]
नहकुल जाेशी/ काेल्टी १ फागुन । बाजुराको उत्तरपूर्वी क्षेत्रमा ट्राफिक प्रहरी खटिएको चार दिनमा ११ हजार ५ सय राजस्व संकलन भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारवाहि गर्दा सो मात्रामा राजस्व संकलन भएको बाजुराका ट्राफिक प्रहरी जवान लम्वोधर नायकले बताए । हाल बाजुराको निर्वाचन क्षेत्र नं कमा सञ्चालीत कर्णाली करिडोर, मार्तडी कोल्टी […]
आदरणीय उपस्थित कम्रेड तथा पत्रकार साथीहरु अभिवादन ! सर्वप्रथम आज हामीले मनाउँदै गरेको जनयुद्ध दिवसको सुअवसरमा देश र जन्ताका लागि आफ्नो ज्यानको आहुती दिनुहुने महान सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । हामी कतिपय अवस्थामा दिगभ्रमित भएरपनि हामी रुमल्ली रहेका हुन्छौँ । तथापी अन्त्वगत्ता हामीले यस्तै खास गरि आजको यो दिवसलाई अलिकता भव्यताका साथ मनाउँनु पनि […]
नागरिक रैबार/बाजुरा १ फागुन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराले पनि बाजुरामा २५ औं जनयुद्ध दिवस मनाएको छ । नेकपा बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि २५ औं जनयुद्ध दिवस मनाएको हो । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरू गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर माओवादी र […]
बाजुरामा नेकपाको कार्यालय गठन, सचिवालय, विभागहरु, निर्वाचन क्षेत्र, पालिका संगठनसहित जिल्ला कमिटीमा सदस्यहरु मनोनयनमा देखिएको सिनारियोसंगै नेकपा बाजुराको राजनीतिक तथा सांगठनिक शक्ति संरचनामा नयाँ कोर्स तथा शक्ति संघर्षका नयाँ बाछिटाहरु आरम्भ हुने संकेत देखापरेका छन् । यसअघि पूर्व नेकपा माओवादीका नेताहरुले तुलनात्मक रुपमा एकतावद्ध भएको संदेश र रणनीति अख्तियार गर्दै आए । उनीहरु पूर्व नेकपा […]
नागरिक रैबार/बाजुरा १ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले पूर्णता पाएको छ । बुधबार सदरमुकाम मार्तडीस्थित नेकपाको पार्टी कार्यालयमा बसेको पदाधिकारीहरुको वैठकले बाजुरा जिल्ला कमिटीलाई पूर्णता दिईएको हो ।नेकपा बाजुराको बैठकमा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सह–इन्चार्ज प्रकाश बहादुर शाह, अध्यक्ष कालीबहादुर शाही र सचिव भरत बुढाको सहित पदाधिकारीहरुको सयुक्त बैठकले कार्यविभाजन गरेको छ । […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।मंगलबार बडीमालिका नगरपालिकाको आयोजना र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा नेपाली प्रथम भएका हुन् । प्रतियोगितामा प्रथम भएका नेपालीले ५ हजार पाँच सय नगद सहित प्रमाण पत्र पाएका […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडा नं. ९ ले आफ्नो तयारी अन्तिम चरणमा पुगाएको छ । बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आर्थिक सहयोग वडा नं. ९ छाउगोठ मुक्त वडा घोषणा हुन लागेको हो । वडा भित्रका […]
नेपालमा गैरसकारी संस्था: गरैसरकारी संस्था नेपालको शासकीय संरचनाको एउटा महत्वपूर्ण साझेदार हो । नाफा रहित, स्वयंसेबी भावना, विपिन्न र पछाडी परेका वर्गहरुको समुत्थान गर्ने उद्धेश्यले गरैसरकारी संस्थाहरुको स्थापना भएको पाईन्छ । राज्यको विशेष पहँुच पुग्न नसकेको वा राज्यको संरचनाको कार्यले मात्र अपुग वर्ग, क्षेत्र, समुह र मुद्धाहरुको प्रर्वद्धन गरी मुलप्रवाहीकरणमा ल्याउन भुमिका खेल्ने हुदा राज्यको […]
नागरिक रैबार/बाजुरा २८ माघ। २ महिना अघि दुवईम हत्या भएका हिमाली गाउँपालिका ७ का पुर्णविर नेपालीको शव घरमा लगिएको छ । दुवईमा हत्या भएको दुई महिना पछि नेपालीको सोमबार साँझ बाकसमा शव ल्याएर जिल्ला अस्पताल बाजुरामा रखिएको थियो । नेपालीको गत पौष ३ गते दुवईमा हत्या भएको थियो । घरपरिवारको गुजरा चलाउनका लागि २०७५ साल […]
नागरिक रैबार/बाजुरा २७ माघ । दलित अधिकारकर्मी गाेरख बहादुर सार्की सम्मानित भएका छन् । साेमबार बडीमालिका मिडिया हाउसकाे प्रथम बार्षिक उत्सव अवसरमा दलित अधिकारकर्मी सार्की सम्मानित भएका हुन् । दलित अधिकारकर्मी सार्कीले बाजुरा जिल्लामा सम्पूर्ण दलितका हक अधिकारका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै सार्कीलाई सम्मानित गरिएकाे हाे । त्यस्तै कार्यक्रमा बाजुरा जिल्लामा विभिन्न क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २७ माघ। मार्तडीमा घरकाे छतबाट लडेर घाईते भएका हिमाली गाउँपालिका वडा न ६ का भिम प्रसाद पाण्डेका २ वर्षका छाेरा किस्मत पाण्डेकाे हेलिकप्टर मार्फत उद्घार गरिएकाे छ । साेमबार घरकाे छतवाट लडेर घाइते भएका बालककाे बाजुरा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्घार गरि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयकोे अवलोकन गर्नका लागि छिमेकी जिल्ला डोटीको पुर्वीचौकी गाउँपालिकास्थित सरस्वति मावि साना गाउँका विद्यार्थी मार्तडीमा आएका छन् । आइतबार सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयको शैक्षिक अवस्था अवलोकन र विद्यालय संचालनको बारेमा अवलोकन गर्न छिमेकी जिल्ला डोटीको सरस्वति माद्यमिक विद्यालयका विव्यस अध्यक्ष सहित प्राचार्य […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको एकमात्र बसपार्क संचालनमा ल्याईने भएको छ । २०७३ साल असोज १२ गते बाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाटै नियमित वससेवा सूरु भएपनि उचित वषपार्क नुहँदा वस व्यवसायीहरुले बसहरु सडकको छेउमै राख्दै आएका थिए । सदरमुकाम मार्तडीबाटै बससेवा सूरु भएको करिव ४ वर्ष पुग्न लागेको छ । तर […]
नागरिक रैबार/ बाजुरा २७ माघ । जिल्लाकाे त्रिवेणी नगरपालिकाका मेयर रामसिह रावललाई पितृ शोक परेको छ। मेयर रावलका बुवा सर्पे रावलको ९२ वर्षको उमेरमा धनगढीमा निधन भएको हो। लामो समयदेखि दमको समस्याले ग्रसित उनको आज बिहान ४ बजेतीर सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ। रावलको आज गोदावरी आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको […]