होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • छाउपडी गोठमुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा
बडीमालिका

छाउपडी गोठमुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा

  • नागरिक रैबार
छाउपडी गोठमुक्त वडा घोषणाको तयारी अन्तिम चरणमा

नागरिक रैबार/बाजुरा २ फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ लाई छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडाले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ ।

सामाजिक समानता र मानव अधिकार वडाको सान, छाउपडी गाेठमुक्त नगर हाम्रो अभियान भन्ने मुल नाराका साथ यही फागुन ४ गते बडीमालिका नगरपालिकाको वडा नं. ९ लाई एक भव्य कार्यक्रमका विच छाउपडी गोठमुक्त वडा घोषणा गरिदै छ ।  छाउपडी गोठमुक्त वडा घोषणा गर्नका लागि वडाले आफ्नो तयारी अन्तिम चरणमा पुगाएको वडा अध्यक्ष विनोद कुमार विकले जानकारी दिएका छन् ।

वडा भित्रका महिलाहरू छाउ भएको बेला परिवार संगै घरभित्र सुरक्षित वस्ने गरेको र वडा भित्रका धामी झाँर्कीहरले पनि छाउपडी प्रथालाई आगामी दिनमा नमान्ने स्वीकार गरेपछि वडालाई फागुन ४ गते छाउगोठ मुक्त वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष विकले बताए ।

विज्ञापन

शुक्रबार बडीमालिका वडा न.९ को समन्वय र बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा बालमजदुर र छाउपडी अन्त्यका लागि जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा वडा भित्रका महिला, बालवालिका, धामी झाँकी र सरोकारवाला निकायहरुलाई बाल मजदुर र छाउपडी प्रथा सम्वन्धि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले जानकारी गराएका थिए ।

बडीमालिका नगरपालिका वडा नं. ९ का अध्यक्ष विनोद कुमार विकको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराई र बडीमालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाकि केसरी रोकाया लगायत वडा भित्रका ६० बडी महिला, बालवालिका र अभिभावकहरुको सहभागिता रहेको थियो ।

वडा घोषणा कार्यक्रमको एक औपचारिक कार्यक्रमका वीच  माननीय लालबहादुर थापाले उद्घाटन गर्ने र कार्यक्रममा वडा भित्रका महिलाहरुका विभिन्न समूहको देउडाखेल प्रस्तुति र विभिन्न साँस्कतिक कार्यक्रम गरिने बडीमालिका नगरपालिका ९ ले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै