होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुरामा जनयुद्ध दिवसमा नेता रावलले दिएको अभिव्यक्ति !
राजनीति

बाजुरामा जनयुद्ध दिवसमा नेता रावलले दिएको अभिव्यक्ति !

नेता रावलले जनयुद्ध दिवसमा राखेको मन्तव्यको अश

  • नागरिक रैबार
बाजुरामा जनयुद्ध दिवसमा नेता रावलले दिएको अभिव्यक्ति !

 आदरणीय उपस्थित कम्रेड तथा पत्रकार साथीहरु अभिवादन !

सर्वप्रथम आज हामीले मनाउँदै गरेको जनयुद्ध दिवसको सुअवसरमा देश र जन्ताका लागि आफ्नो ज्यानको आहुती दिनुहुने महान सहिदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

हामी कतिपय अवस्थामा दिगभ्रमित भएरपनि हामी रुमल्ली रहेका हुन्छौँ । तथापी अन्त्वगत्ता हामीले यस्तै खास गरि आजको यो दिवसलाई अलिकता भव्यताका साथ मनाउँनु पनि पथ्र्यो । अब हाम्रापनि आफ्ना केही व्यस्थता केही अब अलिकता केही कुराको तालमेल, सांगठानिक प्रक्रियामा पनि अगाडि हिड्दै गरेको अवस्था, यो भव्यताको साथ नमनाउँन सकेको अवस्था पनि होला ।

विज्ञापन

तथापी आगामी दिनमा यसलाई स्मरणीय दिनका रुपमा मनाउँनु पर्छ । सहिदहरुको जुन योगदानलाई स्मरण गर्दै हाम्रा पाईलाहरु अगाडि बढाउँनुपर्छ । म फेरिपनि अनुरोध गर्न चाहान्छु । र, वास्तवमा जुन उपलब्धी अहिले हासिल भएको छ । अहिले जुन दिल बहादुर रम्तेल एउटा कलिलै अवस्थामा सहादत प्राप्त गर्नु भयो । त्यसैगरी सुुकानीको त्यो हत्याकाण्ड त्यती वेलाका सहिदहरु त्यसैगरी चिनिया काजी श्रेष्ठको हत्या जनु त्यो बेलाका विद्यार्थीह नेता हत्या भयो । त्यती बेलाका विभिन्न चरणमा गरिका हत्याबाट हाम्रा कम्रेडहरुले सहादत प्राप्त गर्नु भएको छ ।

र, वास्तवमा जनआन्दोलनको विश्लेण गर्नु पर्दा खेरी जनआन्दोलन चाही त्यो भयावह अवस्थामा त्यो युद्धको स्थितिमा त्यतिबेलाका सत्तासिन पार्टी नै हुन जिम्मेवार हुन् । तत्कालिन प्रधानमन्त्री तत्कालिन गृहमन्त्री रामचन्द पौडेल उहाँहरुले रोल्पा रुकुममा रोमियो अप्रेसन पिलो सेराडु अप्रेशन आम जनताको कत्ल्याम हत्याको काम गर्यो त्यसबाट सिर्जित परिस्थितिले देश गृह युद्धमा होमियो ।

त्यो दोष उनीहरुले यता पट्टी दिए । तर, त्यो त्यतिबेलाको सत्ताशिन पार्टीले नै गरेको हो हामीलाई स्मरण छ । २०५२ सालमा शैनिकहरुले गरेको ज्याजतिले मान्छेलाई युद्धमा होमिन बाध्य पार्यो एकले अर्कालाई मानुपर्ने अवस्था तयार भयो । एक नेपालीले अर्को नेपालीलाई काट्नु पर्ने स्थिति भयो । त्यसकारण यो जन आन्दोलनलाई त्यतापट्टीबाट हामीलाई २ वटा कुराको एकातिर जनताको बहुदलीय जनवाद् र अर्कोतिरबाट बुलेटबाट सत्ता कव्जा गर्ने रणनितीमा पुग्यौ । प्रचण्डले एकाइसौ सताव्दीको जनवाद र एमालेले बहुदलीय जनवादको फ्युजनले एकिकृत हुँदै नेपालमा समाजवाद् लागु गर्ने अभियानमा पुग्यौ । वास्तवमा हाम्रो एउटै उद्देश्य हो । नेपालमा समाजवाद लागु गर्ने । नेपाल साम्यवादी मुलुकको रुपमा परिचित हुने ।

समाजमा सबै खालका विभेद्को अन्त्य गर्दै समाजमा समानता ल्याउने । समाजमा सवै खालका वर्गहरुको मुक्ती गर्ने हाम्रो महान उद्देश्य हो । यही उद्देश्यका लागि सहिदहरुले आफ्नो ज्यान आहुती दिएका हुन् । अब हामीले वास्तवमा निकै ठूलो उपलव्धी गरेको हो । अब यत्तिकैमा रुमलिनु पनि हुँदैन् । अब त हामीले सफलता प्राप्त गरिसक्यौ भनेर चुप्प लागेर बस्नु चाँही हुँदैन्, फेरि । हामीले सबैको सपना साकार पार्नका लागि भावनात्मक रुपमा एकिकृत भएका हौं । कमरेड प्रचण्डलाई पनि कम्रेड भन्ने हो र, तलका पार्टी सेलका सदस्यहरुलाई पनि कम्रेड भन्ने हो ।

त्यसैले हामीले कम्रेडेली भावनका साथ एकले अर्कालाई स्वीकार्ने हो । नकि पूर्व फलानो पार्टी को म यो पार्टीको नभनी कन एकताका साथ हामीले सिंगो नेपाल कम्युनिष्ट पार्टीको मर्म र भावनाका साथ चल्नु पर्छ । कसैले कसैलाई पनि अपमान गर्नुपर्ने केही कारण छैन । सबैले आ आफ्नो जिम्मेवारीका साथ काम गर्नुपर्ने छ । हाम्रो पार्टीको विधानतः सैधान्तिक स्थापित कुरालाई हामीले मान्यौ भने कोही कतै कोही सानो कोही ठूलो हुँदैन् । हिजोको मुमेन्टमा कोही सहिद भए । क्रान्ति पछि तुरुन्त प्रतिक्रान्ती हुन्छ । त्यसमा कम्युनिष्ट पार्टीले त्यसका विरुद्धमा क्रान्ति गर्नुपर्ने हुन्छ । संसारको इतिहाँसको कुरा गरौं कम्युनिष्ट पार्टीको चाँही सत्ता सफलता, सत्ता पछाडिका स्वभिएत संघ र क्यवा क्रान्तिका कुरा गरौं ।

चाहे चिनीया क्रान्तीका कुरा गरौं । सबै देशमा त्यसभित्र प्रतिक्रान्ती तुरुन्त प्रारम्भ भएको हुन्छ । प्रतिक्रान्ती हाम्रो पार्टी भित्रै हुन्छ । त्यो कुरालाई चिर्दै सहिदहरुका सपना पुरा गर्न । र, हाम्रा उद्देश्य पुरा गर्ने उद्देश्यका साथ हाम्रो पार्टी एकिकरण तल्लो तहसम्म पुगीसकेको छ । अव विभिन्न खालका सैद्दान्तिक वहसहरु हाम्रा उद्देश्य अनुरुप हुन जरुरी छ । हाम्रो राजनीति भनेको चुनावमा जित्नका लागि मात्र होईन् । जनताको मुक्तीका लागि हो । जनताको जीवनमा परिवर्तन ल्याउने, जनताको जनजीविकाम परिवर्तन ल्याउनका लागि हाम्रो राजनीति हुनुपर्छ ।

समुन्नत समाजको निर्माणका लागि हाम्रो राजनीति हो । चुनाव जित्ने कुरा, बन्दु उठाउने कुरा साधन हो साध्य होईन् । अब हामीले साध्यका निम्ति लाग्नु पर्छ । त्यही अनुरुप आज हामीले यो सहिद दिवस मनायौं । उहाँहरु गहिरो सम्झनाका लागि यो जनआन्दोलन दिवस मनायौँ । उहाँहरुप्रति उच्च सम्मान भन्दै आफ्ना भनाई अन्त्य गर्छु । साथै सम्पूर्ण कमरेडहरु उपस्थिति भईदिनु भयो । पार्टीको तर्फबाट सवैलाई हार्दिक अभिवादन, धन्यवाद ।

अडियो हामीसँग सुरक्षित छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार