होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरामा फलेको स्याउँ यसबर्ष पनि धनगढी पुगाइएको छ। कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले बाजुरामा फलेको स्याउँ धनगढी पुगाइएको जानकारी दिए। उनका अनुसार “जसले एकपटक खायो, उसले स्वाद थाहा पायो” भन्ने नाराका साथ बाजुराको स्याउँ धनगढी पुगाइएको हो। धनगढीको ट्राफिक चौराह नजिक हिमाली होटललाई बिक्री स्थान तोकिएको छ। दुई सय १२ पेटी स्याउँ […]
निमेन्द्र शाही/बाजुरा ३१ भदाै । ‘मैले स्याउ खेती गरेको २० वर्ष भयो । फलेकाे स्याउ यसअघि बारीमै कुहिन्थ्यो, गाई र भैँसीलाई खुवाइन्थ्यो’, स्वामीकार्तिक खापर गाउँपालिका- ३, जुकाेटका पुरीन्द्र शाहीले भने, ‘तर यस वर्षदेखि मेराे बारीबाटै स्याउ बिक्न थालेकाे छ ।’ स्याउले बजार पाउने भएपछि अब जीवनयापनका लागि सहज हुने अपेक्षा उनले गरेका छन् ।स्याउका लागि […]
अनिल शाही/बाजुरा २९ भदौ । बाजुरा जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं.क माईलाका प्रशासन कार्यालय स्थापना गर्न सर्वपक्षिय सहमति भएको छ । साेमबार पिलुचौरको सन्देशहोटेलको तालिमहलमा सम्पन्नभएको सर्वपक्षिय बैठकले चार वटै स्थानिय तहलाइ पाएक पर्नेठाउँमा ईलाका प्रशासन कार्यालय स्थापना गर्नेकालागि गृहमन्त्रालय लाई अनुरोध गर्नेनिर्णय पारित गरिएकोे हो । जगन्नाथ गाउँपालिकाको आयोजनामा संचालन भएकोवैठकमा बाजुरा जिल्ला प्रदेश […]
नागरिक रैबार/बाजुरा २७ भदौ । बाजुराको जुकोट र पाण्डुसैनमा फलेको अर्गानिक स्याउ पहिलोपटक धनगढी र काठमाण्डौका बजारमा हवाईजहाज मार्फत ढुवानी गरिएको छ । विहिबार पहिलो पटक धनगढीबाट बाजुराको कोल्टी एयरपोर्टमा अवतरण गरेको समिट एयरलाईन्सको हवाईजहाज मार्फत पहिलोपटक काठमाण्डौंका लागि १० टन र धनगढी बजारका लागि ६ टन स्याउ ढुवानी गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको […]
बाजुरा । द्वन्द्वकाल यता करिव २० बर्ष पछि बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ । आज देखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले उडान भर्न शुरु गरे पछि लामो समय पछि बाजुरा प्रदेश राजधानी धनगढी संग सिधा हवाई सेवामा जोडिएको हो । समिट एयरले आज बाजुराको कोल्टी देखि धनगढी र धनगढी देखि कोल्टीका लागि […]
नागरिक रैबार/बाजुरा २४ भदौ। भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका बुढीनन्दा नगरपालिका ३ का अन्दाजि २८ वर्षिया जगत रोकायाको परिवारलाई बुढीनन्दा नगरपालिकाले राहत स्वरुप क्रिया खर्चवाफत १ लाख सहयोग गरेको छ । मृतक रोकायाको आश्रित परिवारको आर्थिक अवस्था नाजक भएकाले मृतकका परिवारका लागि बुढीनन्दा नगरपालिकाले एकलाख सहयोग गरेको हो । कोल्टीमा खानेपानीको हाहाकार भएपछि खानेपानी […]
राजेन्द्र बहादुर रोकाया। बाजुराको बुढीनन्दा नगरपालिकामा मगलबार बिहान ढुंगा लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ घर भएका अन्दाजी २८ बर्षिया जगत रोकाया रहेका छन् । सोही नगरपालिकाको वडा नं. ३ नुरीमा रहेको धुपागाड खोलामा रहेको खानेपानीको पाईप लाईन मर्मत गर्ने क्रममा युवक रोकायाको मृत्यु भएको हो । खोलामा गएर […]
बाजुरा। बाजुरा जिल्लाको बडिमालिका खवरको पहलमा बुढिनन्दा नगरपालिकाका बिभिन्न ८ परिवारलाई राहत साम्रगी बितरण गरिएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न २ र १ बिपन्न तथा असक्त गरि ८ परिवारलाई राहत साम्रगी बितरण गरेको हो । बिभिन्न सहयागीहरुको सहयोग तथा बडिमालिका खवरको समन्वयमा अति बिपन्न तथा असाय परिवारलाई राहत साम्रगी बितरण गरिएको बडिमालिका […]
रामबहादुर विक/बाजुरा २१ भदाै । सदरमुकाम मार्तडी-कोल्टी सडक खण्ड तिन महिना देखी अवरुद्ध भएको छ । असार पहिलो हप्ताबाट अवरुध भएको मार्तडी कोल्टी सडक खण्ड भाद्र मसान्त सम्म खोल्न सकेको छैन । अविरल बर्षातका कारण ठाँउ ठाँउमा भत्किएर बन्द भएको सडक तिन महिना विति सक्दा पनी सुचारु नभएको पाइएको छ । सडक सूचारु नहुदा मार्तडी […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । विहिबार मुख्यमन्त्री सहितको टोलीले अछाम र बाजुरा जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन सहित बाढीपहिरोबाट प्रभावित बनेका परिवारलाइ राहत वितरण गरेको हाे । मुख्यमन्त्रि सहितको टोलीले बाजुरामा गत साउन २५ गते र भदौ २ गते […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली अछामको रामारोशन र बाजुराको बाढी पहिरोे प्रभावित क्षेत्रमा अनुगमन गर्न आउने भएका छन् । अविरल वर्षासंगै बाढी पहिरोका कारण क्षेती भएको अछामको रामारोशन गाउँपालिका र बाजुराको त्रिवेणी, बुढीगंगा, बुढीनन्दा र बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका विभिन्न प्रभावित ठाउँको स्थलगत अनुगमन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]
अनिल शाही/ कोल्टी १६ भदाै । जिल्लाको कोल्टी क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानी हुन सकिरहेको छैन । तर, मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । कोराना संकटको समयमा मदिरा तथा सुर्तिजन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टि एयरपोर्टमा भने खुलम खुल्ला मदिरा ढुवानी भइरहेको छ । कोल्टि एयरपोर्टमा […]
रामबहादुर विक. बाजुरा १४ भदौ बुढीनन्दामा नगरपालिकामा नेकपा परित्याग गरी १६ परिवारले नेपाल कांग्रेसमा प्रवेश गरेका छन् । आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी सहितकाे टोलीले बाढी पहिरोबाट प्रभावित बनेको बुढीनन्दाको वडा न. नम्बर ४ कुरु क्षेत्रको स्थलगत अनुगमन र कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपाका १६ परिवार नेकपा छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । […]
नागरिक रैबार बाजुरा १२ भदौ काठमाण्डौंमा अलपत्र परेको बुढीनन्दा नगरपालिका १ पीपलडालीकी शुसिला सार्कीको परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली शार्कीको ६ जनाको परिवारलाई बाजुरा सेवा समाजले आज काठामाण्डौमा खाद्यन्न सहयोग गरेको हो । शार्कीको परिवार बाजुराबाट करिव ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएका थिए । […]
नागरिक रैबार/बाजुरा ११ भदौ। बाजुरा जिल्लाका कृषकहरुको बारीमा फलेका स्याउ अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्षपनि कृषकहरुको बारीबाटै स्याउ ढुवानी गरेर स्वाउको बजारीकरण गरिने भएको हो । कृषि ज्ञान केन्द्र बाजुराले कृषकको बारीबाटै स्याउ ढुवानीका लागी नगद अनुदान उपलव्ध गराउने भएकोले स्याउ ढुवानी […]
जीवन कैला बाजुरा,११ भदौ बुढीनन्दा नगरपालिका वडा नं चार सिमकुरुको फलामे ट्रष्ट पुलको बुधबार उद्धघाटन गरीएको छ । पीसविन बाजुराको प्राविधिक सहयोग र संघिय सरकारको २९ लाखमा निमार्ण सम्पन्न सो पुलको बुुधबार सुदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मीले उद्धघाटन गर्नुभएको हो । पुल उद्धघाटन कार्यक्रममा वोल्दै सांसद रेग्मीले कुण्डा क्षेत्रका विकाशमा आफु कटिवद्ध रुपले लाग्ने बताउनुभएको […]
नागरिक रैबार बाजुरा ११ भदाै बाजुराकाे बुढीनन्दा नगरपालिकामा करेन्ट लागेर १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा साेही नगरपालिका वडा न. ५ बिरसैनका ६५ बर्षिया कर्णचन्द्र पाध्याय रहेका छन । बिहीबार बिहान उनकाे घरनजिकै रहेकाे विजुलीकाे पोलमा विद्यतकाे तारबाट करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका […]
नागरिक रैबार बाजुरा ६ भदौ । यतिबेला बाजुरा जिल्लाका कतिपय ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरो आएर स्थानीयहरु निकै सास्ती भोगिरहेका छन् । कतिपय नागरिक बेघर भएका छन् भने कतिपयले आफन्त गुमाएका छन् । झरी र बर्षायामले निम्त्याएको जन स्तरको क्षेती र उत्तरी क्षेत्रमा खाद्य संकटको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण गैर र […]
जीबन कैला बाजुरा, भदौ सुदुरपश्चिम प्रदेश सभा सदश्य सांसद बल्देव रेग्मी यतिबेला गृह जिल्लामा आएर बाढीपीडीतको साहारा बनिरहनुभएको छ । उहाँ बाढीपिडीतको घर दईलोमै गएर आसभरोसा दिइरहनुभएको छ, भने कहिले बाटो बनाउन त कहिले काठेपुल बनाउन समेत आफै जुटीरहने भएको थियो । आज मात्रै बाजुराको वुढिनन्दा नगरपालिका वडा नं दुईको धोपेगाड खोलामा उहाँ काठेपुल निर्माणमा […]
राजेन्द्र बहादुर रोकाया/बाजुरा ४ भदाैै। अछाममा नदीमा माछा क्रममा बगेका युवकको सकुसल उद्धार गरीएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ सिडीकोट ककरसात ढोढरका २५ बर्षिया युवक युवक माछा मार्न बुढीगंगा नदिमा गएको समयमा चिप्लिएर बगेका थिए । २५ बर्षिया युवक नरेश कडायतलाई सकुसल उद्धार भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बुढीगंगा […]