होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सिमकुरुको फलामे ट्रष्टपुलको सांसद रेग्मीद्धारा उद्धघाटन
Breaking News

सिमकुरुको फलामे ट्रष्टपुलको सांसद रेग्मीद्धारा उद्धघाटन

  • नागरिक रैबार
सिमकुरुको फलामे ट्रष्टपुलको सांसद रेग्मीद्धारा उद्धघाटन

जीवन कैला
बाजुरा,११ भदौ
बुढीनन्दा नगरपालिका वडा नं चार सिमकुरुको फलामे ट्रष्ट पुलको बुधबार  उद्धघाटन गरीएको छ । पीसविन बाजुराको प्राविधिक सहयोग र संघिय सरकारको २९ लाखमा निमार्ण सम्पन्न सो पुलको बुुधबार  सुदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मीले उद्धघाटन गर्नुभएको हो । पुल उद्धघाटन कार्यक्रममा वोल्दै सांसद रेग्मीले कुण्डा क्षेत्रका विकाशमा आफु कटिवद्ध रुपले लाग्ने बताउनुभएको छ । बाजुराको विकाश निमार्णमा नेकपा वाहेकको विकल्प नरहने बताउदै सांसद रेग्मीले दुर्गम ठाँउको विकाश निमार्णमा आफुले कहिल्यै पनि विभेद नगर्ने स्पष्ट पार्नुभएको छ । जनताले दिएको मतको दुर्पयोग नगरी आफु सधैं जनताको साथ र सहयोगमा रहने बताउदै उहाँले दुर्गमका नागरीकका समस्यालाई कहिल्यै पनि नर्विसिने बताउनुभएको छ । पुल निमार्ण समितिका सचिव वृख रोकायाको अध्यक्षतामा सञ्चालन गरीएको कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका सांसद रेग्मीले रीवन काटेर पुलको उद्धघाटन गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यालय सदश्य जनक कुमार वोहरा, नगरपालिकाका उपप्रमुख श्रीष्टी रेग्मी लगायत विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा वडा नं चारका वडाअध्यक्ष राजन कुमार रोकाया, वडा नं नौका वडाअध्यक्ष खडक वोहरा लगायत अतिथि रहनुभएको थियो । कार्यक्रममा स्थानिय, वुद्धिजीवी, पत्रकार र सरोकारवाला निकायका प्रतिनिधि लगायत २ सय वढिको सहभागिता रहेको बताईएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार