होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका रोकायाको परिवारलाई १ लाख सहयोग
समाचार

भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका रोकायाको परिवारलाई १ लाख सहयोग

  • नागरिक रैबार
भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका रोकायाको परिवारलाई १ लाख सहयोग

नागरिक रैबार/बाजुरा २४ भदौ। भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएका बुढीनन्दा नगरपालिका ३ का अन्दाजि २८ वर्षिया जगत रोकायाको परिवारलाई बुढीनन्दा नगरपालिकाले राहत स्वरुप क्रिया खर्चवाफत १ लाख सहयोग गरेको छ ।

मृतक रोकायाको आश्रित परिवारको आर्थिक अवस्था नाजक भएकाले मृतकका परिवारका लागि बुढीनन्दा नगरपालिकाले एकलाख सहयोग गरेको हो ।

कोल्टीमा खानेपानीको हाहाकार भएपछि खानेपानी मर्मतका लागि पाईप बोकेर जाने क्रममा सोही नगरपालिकाको वडा नं. ३ कै नुरी भीर माथिबाट खसेको ढुङ्गा लागेर रोकयाको घटनास्थलमै मृत्यु भएको थियो ।

विज्ञापन

मृतक रोकयाको परिवारलाई क्रिया खर्च बाफतको राहत स्वरूप एकलाख रकम सोही नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले हस्तान्त्रण गरेका हुन् । त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले पनि मृतक रोकायाको परिवारलाइ राहत स्वरुप ४ हजार सहयोग गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार