होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • खाद्य संकटको बेला जहाज चार्टर गरेर मदिरा ढुवानी
समाज

खाद्य संकटको बेला जहाज चार्टर गरेर मदिरा ढुवानी

  • नागरिक रैबार
खाद्य संकटको बेला जहाज चार्टर गरेर मदिरा ढुवानी

अनिल शाही/ कोल्टी १६ भदाै । जिल्लाको कोल्टी क्षेत्रमा खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानी हुन सकिरहेको छैन । तर, मदिरा भने जहाज चार्टर गरेर ढुवानी भइरहेको छ । कोराना संकटको समयमा मदिरा तथा सुर्तिजन्य प्रदार्थ ढुवानीमा रोक लगाए पनि बाजुराको कोल्टि एयरपोर्टमा भने खुलम खुल्ला मदिरा ढुवानी भइरहेको छ ।

कोल्टि एयरपोर्टमा दैनिक सात फ्लाइटसम्म हुने गरेका छन्, । तीन चार वटा फ्लाइटमा मदिरा नै आउने गरेको बाजुरा नागरिक उड्यन कार्यलयका निमित्त प्रमुख प्रसाद पौडेलले बताए । यो संकटको बेला मदिरा नआउनुपर्ने तर, नेपालगञ्ज सुर्खेतबाट जहाज चार्टर गरेर मदिरा आउने गरेको पौडेलले बताए ।

प्रतिकेजी ७५ देखी १ सयसम्म जहाजमा ब्यापारिहरुको मदिरालगाएत चाउचाउ, विस्कुट ढुवानी गरेर बाजुराको कोल्टिमा ल्याउने गरेको समिट एयरका कोल्टी स्टेसन प्रमुख विनोद कुमार सिंहले बताए । नेपालगञ्ज, सुर्खेतबाट सिता, समिट र तारा एयरले दैनिक बाजुरामा उडान भरिरहेका छन् । जहाजबाट कोल्टि चाटर गरेर मदिरा आउने गरेको छ ।

विज्ञापन

बाजुराको चार वटा स्थानीय तह, कर्णाली प्रदेशका हुम्ला र मुगु जिल्लाका स्थानिय बजारमा जाने गरेको उनले बताए । कोल्टि बजारमा मदिरा पसल गरिरहेका मंगल थापाले भने गाढीबाट मदिरा ल्याउन बाटो विग्रेको हुँदा त्यो सम्भव नभएपछि आफूहरुले जहाजबाटै मदिरा ढुवानी गर्ने गरेको बताए ।

यहाँका स्थानीय बजारमा खाद्यन्न अभाव रहेको लामो समय भए पनि समयमा चामल ढुवानी हुन सकिरहेको छैन । तर, मदिरा भने फालाफाल पाइने गरेको बुढिनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौपानेले बताए । पटक–पटक नियन्त्रणको लागि भने पनि नेपालगञ्ज सुर्खेतबाट मदिरा पठाउने गरेको उनले बताए ।

आफूहरुले जिल्ला प्रशासन कार्यलयलाई भनेको तर, अहिलेसम्म नरोकिएको उनको भनाइ छ । नागरिक उड्यन कार्यलय कोल्टि बाजुराका अनुसार १ महिनामा १ सय ६० उडान कोल्टि विमानस्थलमा भएका छन् । ६० प्रतिशतभन्दा बढी उडानमा मदिरा नै ढुवानी भएको कार्यलयले जनाएको छ ।

१ सय ६० उडानमा ९७ हजार ३ सय ४ केजी सामान ढुवानी भएको मध्ये धेरै मदिरा मात्र भएको कार्यलयले जनाएको छ । यता बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने यसरी मदिरा नआउनु पर्ने र अब बाँके र सुर्खेतका प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार