सोमवार, अशोज ५, २०७७
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • जुकोट र पाण्डुसेनमा फलेको अर्गानिक स्याउ धनगढी बजारमा
बुढीनन्दा

जुकोट र पाण्डुसेनमा फलेको अर्गानिक स्याउ धनगढी बजारमा

  • नागरिक रैबार
जुकोट र पाण्डुसेनमा फलेको अर्गानिक स्याउ धनगढी बजारमा

नागरिक रैबार/बाजुरा २७ भदौ । बाजुराको जुकोट र पाण्डुसैनमा फलेको अर्गानिक स्याउ पहिलोपटक धनगढी र काठमाण्डौका बजारमा हवाईजहाज मार्फत ढुवानी गरिएको छ ।

विहिबार पहिलो पटक धनगढीबाट बाजुराको कोल्टी एयरपोर्टमा अवतरण गरेको समिट एयरलाईन्सको हवाईजहाज मार्फत पहिलोपटक काठमाण्डौंका लागि १० टन र धनगढी बजारका लागि ६ टन स्याउ ढुवानी गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुराको जुकोट र पाण्डुसेनमा फलेको स्याउ धनगढी र राजधानी काठमाण्डौं सम्म विक्रि गर्ने गरी बाजुराबाट हवाइजहाज मार्फत ढुवानी गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताएका छन् । उनले भने पहिलोचरणमा जुकोट र पाण्डुसेनमा फलेको स्याउ काठमाण्डौं र धनगढी बजारमा पुगिसकेको र बाजुराका स्थानीय बजारहरुमा पनि छिट्टै स्याउ ढुवानी गरिने छ ।

विज्ञापन

कृषि ज्ञान केन्द्र बाजुराले प्रत्येक वर्ष कृषकहरुको बारीमा फलेको स्याउको बजारीकरण गर्न ढुवानी अनुदान मार्फत आफैले ढुवानी गर्न थालेपछि स्याउ कृषकहरुलाई सजिलो भएको छ ।

यस वर्ष जिल्लामा निरन्तर वर्षा भएपछि जिल्लाको उत्तरी क्षेत्रमा यो बर्ष स्याउ उत्पादनमा पोहोर साल भन्दा कम उत्पादन भएको ज्ञान केन्द्र प्रमुख गोविन्द सिजापतिले बताएका छन् । उनले भने स्याउको मुख्य भण्डारका रुपमा चिनिदै आएका जिल्लाका पाण्डुसैन्, जुकोट, कोटिला, जगन्नाथ र कोल्टी लगायतका क्षेत्रमा राम्रोसँग फलेन ।

कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क अनुसार विभिन्न क्षेत्रका किसानहरुले २ सय ३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएको बताएको छ । बाजुरामा मात्र वर्षेनी १ हजार ५० मेट्रिन उत्पादन हुने गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार