होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीनन्दामा उप-प्रमुखको कोशेली कार्यक्रम सूरु
Breaking News

बुढीनन्दामा उप-प्रमुखको कोशेली कार्यक्रम सूरु

  • नागरिक रैबार
बुढीनन्दामा उप-प्रमुखको कोशेली कार्यक्रम सूरु

नागरिक रैबार/बाजुरा १ असोज। जिल्लाको बुढीनन्दा नगरपालिकाले आज असोज १ गतेबाट लागु हुने गरी नगरपालिमा उपप्रमुखको कोशेली कार्यक्रम सूरु गरेको छ ।

नगरपालिका भित्रका गर्भवति तथा सुत्केरी महिला र बालवालिकाको पोषणमा सुधार ल्याउन उपप्रमुखको कोशेली कार्यक्रम आजबाट सुरु गरिएको हो ।

यस अघि नगरपालिकाको नगरसभाबाट नगरभित्रका “गर्भवति तथा सुत्केरी महिलालाई उप-प्रमुख कोसेली कार्यक्रम गर्नेगरी निति तथा कार्यक्रम पारित गरिएको थियो ।

विज्ञापन

उपप्रमुखको कोशेली कार्यक्रमको विहिबार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बलदेब रेग्मीले उद्धघाटन गरेका हुन् ।

उपप्रमुखको कोसेली कार्यक्रम अन्तरगत १ क्यारेट अण्डा, ज्वानु , लुगा धुने तथा नुहाउने साबुन र नुन राखिएको छ । उक्त कोशेली महिलाहरुलाई प्रसुती पश्चात प्रदान गरिने नगर उपप्रमुख श्रृष्टि रेग्मीले बताएकी छिन् ।

उपप्रमुख रेग्मीका अनुसार नगरपालिकाको बिगतको निणर्यलाई निरन्तर गर्दै २०७७ भाद्र २७ को कार्यपालिकाकोे बैठकले नगरपालिकामा प्रसुती गराउन नसकि बाहिर रिफर गरिएका गर्भवती महिलालाई भाडा ब्यहोर्न गरी २० हजार नगद प्रदान गर्ने निणर्य गरिएको छ ।

जटिल अवस्थाका गर्भवति तथा सुत्केरी महिलाको केन्द्रिय हवाइ उद्धार गर्न मिल्ने र बैकल्पिक हवाई र सडकको सुबिधा भएको बेला आफ्नै खर्चमा यात्रा गर्नु पर्दा आर्थिक समस्या भोग्नु पर्ने स्थानीयको बाध्यताको अन्त्य हुने विश्वास बुढीनन्दा नगरपालिकाले लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार