होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाढीपहिरो प्रभावित क्षेत्रमा गए सिडियो र डियसपी
समाचार

बाढीपहिरो प्रभावित क्षेत्रमा गए सिडियो र डियसपी

बाढी र पहिराे वितण्डा

  • नागरिक रैबार
बाढीपहिरो प्रभावित क्षेत्रमा गए सिडियो र डियसपी

नागरिक रैबार
बाजुरा ६ भदौ । यतिबेला बाजुरा जिल्लाका कतिपय ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरो आएर स्थानीयहरु निकै सास्ती भोगिरहेका छन् । कतिपय नागरिक बेघर भएका छन् भने कतिपयले आफन्त गुमाएका छन् ।

झरी र बर्षायामले निम्त्याएको जन स्तरको क्षेती र उत्तरी क्षेत्रमा खाद्य संकटको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण गैर र प्रहरी प्रमुख टंक प्रसाद भट्टराई सम्बन्धीत ठाउँमा पुग्ने गरेका छन् ।

बाढी र पहिरोले प्रताडित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी गैरेको टोलीले उत्तरी क्षेत्रका बिभिन्न ठाउँमा पुगेर अनुगमन गरी वास्तविकता बुझेर स्थानीय प्रशासनले गर्न सक्ने पहल कदमी अगाडि बढाउँने बताईएको छ ।

विज्ञापन

कोल्टी क्षेत्रमा संचालित स्थानीय बजार अनुगमन गर्ने । खाध्यन्नको अवस्थाका बारेमा बुझेने लगाएतका कामहरु पनि गर्ने र कोल्टी र कवाडी डिपोमा चामल पुर्याउन हवाई सेवामार्फत चामल ढुवानीका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

उत्तरी क्षेत्रको खाध्यन्न, बाढी पहिरोको अबस्थाका बिषयमा उत्तरी क्षेत्रमा रहेका स्थानीय तहहरुसँग आवश्यक परामर्श गर्ने प्रमख जिल्ला अधिकारी गैरेले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार