होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दा नगरपालिकामा ढुंगा लागेर एक युवकको मृत्यु
समाचार

बुढीनन्दा नगरपालिकामा ढुंगा लागेर एक युवकको मृत्यु

  • नागरिक रैबार
बुढीनन्दा नगरपालिकामा ढुंगा लागेर एक युवकको मृत्यु

राजेन्द्र बहादुर रोकाया। बाजुराको बुढीनन्दा नगरपालिकामा मगलबार बिहान  ढुंगा  लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका ३ घर भएका अन्दाजी २८ बर्षिया जगत रोकाया रहेका छन् ।

सोही नगरपालिकाको वडा नं. ३ नुरीमा रहेको धुपागाड खोलामा रहेको खानेपानीको पाईप लाईन मर्मत गर्ने क्रममा युवक रोकायाको मृत्यु भएको हो ।

खोलामा गएर पाईप लाईन मर्मत गर्ने क्रममा एक्कासी भिरबाट खसेको ढुगां लागेर रोकायाको मृत्यु भएको हो । भिरबाट खसेर लागेको ढुगांलो घटना स्थलमै मृत्यु भएको स्थानीय पदम रोकायाले जानकारी दिनुभएको छ ।

विज्ञापन

मृत्यु भएको खबर पाएपछि बुढीन्दा नगरपालिका २ कोल्टीमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शेरबहादुर कुँवरको टोली घटना स्थल तिर गएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार