होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • काठमाण्डौंमा अलपत्र परेका सार्कीको परिवारलाई खाद्यन्न सहयोग
Breaking News

काठमाण्डौंमा अलपत्र परेका सार्कीको परिवारलाई खाद्यन्न सहयोग

  • नागरिक रैबार
काठमाण्डौंमा अलपत्र परेका सार्कीको परिवारलाई खाद्यन्न सहयोग

नागरिक रैबार
बाजुरा १२ भदौ
काठमाण्डौंमा अलपत्र परेको बुढीनन्दा नगरपालिका १ पीपलडालीकी शुसिला सार्कीको परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ पिपलडाली शार्कीको ६ जनाको परिवारलाई बाजुरा सेवा समाजले आज काठामाण्डौमा खाद्यन्न सहयोग गरेको हो ।

शार्कीको परिवार बाजुराबाट करिव ९ महिना अगाडी उपचारको क्रममा काठमाण्डौ गएका थिए । उपचारका लागि गएका उनीहरु कोभिड -१९ का कारण सरकारले लकडाउन गरेपछि काठमाण्डौंमा ९ महिनादेखि अलपत्र अवस्थामा थिए ।

शार्कीको परिवार काठमाण्डौंमा समस्या परेको खबर पछि बाजुरा सेवा समाजका राजबहादुर गिरी, दिलिप गीरी, झलक कार्की, कपिल विष्ट, डम्बर भण्डारी, गोविन्द विष्ट लगायतले उनीहरुकै बसेकै ठाउँमा पुगेर खाद्यन्न र नगद सहयोग डम्बर भण्डारीले बताएका छन् ।

विज्ञापन

शुसिलाका श्रीमान सुस्त मनस्थीतीका भएकोले उनको उपचारका लागि नाबालक छोराछोरी समेत लगेर सार्कीको परिवार ९ महिना अगाडी काठमाण्डौ गएका थिए । हाल उनको ६ जनाको परिवार काठमाण्डौ स्थित चन्द्रगिरी नगरपालिकाको छेउतिर जंगलको छेउँमा रहेको पुरानो छोडेको घरमा ओत लागेर बसेका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार