होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका कृषकलाई खुशीको खबरः बारीबाटै स्वाउ ढुवानी हुने
समाचार

बाजुराका कृषकलाई खुशीको खबरः बारीबाटै स्वाउ ढुवानी हुने

  • नागरिक रैबार
बाजुराका कृषकलाई खुशीको खबरः बारीबाटै स्वाउ ढुवानी हुने

नागरिक रैबार/बाजुरा ११ भदौ। बाजुरा जिल्लाका कृषकहरुको बारीमा फलेका स्याउ अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको वार्षिक स्वीकृत कार्यक्रम अनुसार यस वर्षपनि कृषकहरुको बारीबाटै स्याउ ढुवानी गरेर स्वाउको बजारीकरण गरिने भएको हो ।

कृषि ज्ञान केन्द्र बाजुराले कृषकको बारीबाटै स्याउ ढुवानीका लागी नगद अनुदान उपलव्ध गराउने भएकोले स्याउ ढुवानी गर्न ईच्छुक कृषक तथा ढुवानी कर्ताका लागि सूचना समेत जारी गरिसकेको छ ।

कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र बाजुराले भदौ ९ गते बाट सूचना जारी गरेर स्याउ ढुवानी गर्नका लागि ढुवानी कर्तालाई कृषि ज्ञान केन्द्र बाजुराको सम्पर्कमा आउन समेत आह्वान गरेको छ । बाजुराका बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक, जगन्नाथ, र हिमाली गाउँपालिकाका विभिन्न स्थानहरुमा यस वर्ष विगतका भन्दा दोब्बर स्याउ उत्पादन भएको कृषकहरुले बताएका छन् ।

विज्ञापन

स्याउको उत्पादन वर्षेनी बढेपनि स्याउ विक्रिका लागि उचित बजार नहुँदा यस अघि कृषकहरुले लगाएका स्याउहरु बारीमै कुहिने डर थियो । कृषि ज्ञान केन्द्र बाजुराले कृषहरुको स्याउको बजारीकरण गर्नका लागि यस वर्षपनि कृषकका स्याउहरु बारीबाटै ढुवानी गर्न लागेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

यस्तो छ कृषि ज्ञान केन्द्र बाजुराले स्वाउ ढुवानी गर्नका लागि जारी गरेको सूचना 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार