होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३२ साउन।नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले बडीमालिका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगर कमिटीले विभिन्न ८ बुँदे माग सहित नगरपालिकाको ध्यानाकर्षण गारएको हो । बुधबार माओवादी केन्द्र बडीमालिका नगर कमिटी र विद्यार्थी संगठनले नगरपालिकाको सयुक्त ध्यानाकर्षण गराएका हुन् ।बडीमालिका नगरपालिका जनताको जनजिविकाका सवालमा बेखबर बनेको भन्दैै नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले […]
नागरिक रैबार/बाजुरा ३१ साउन।बडीमालिका नगरपालिका वडा नम्वर ८ ले २०७९/८० मा वडामा संचालन गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले वर्षभरी सम्पादन गरेका गतिविधी, योजना निर्माण र लगानीको अवस्था बारे वार्षिक समिक्षा गरेको हो ।बुधबार वडास्तरका जनप्रतिनिधी स्थानीय, सरोकारवाला निकाय र राजनितिक दल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । […]
नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ३ स्थित चोयाकोट माद्यमिक विद्यालयले “नमस्कार” अभियान थालनी गरेको छ । चोयाकोट माविको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्याथी, परिवर्तनसिल आमा समुह तथा वडाका सरोकारवाला निकायसंगको सहकार्यमा विद्यालयमा “नमस्कार” अभियान थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् । साउन २९ गतेबाट विद्यालयमा […]
नागरिक रैबार/बाजुरा २७ साउन।बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडालाई सफा र स्वच्छ बनाउन टोल स्तरीय सरसफाई अभियान कार्यक्रमको सूरुवात गरेको छ । आफ्नो गाउँ आफै बनाऔं सुन्दर, सफा र सभ्य समाज निर्माण गरौं भन्ने मुल उद्देश्यका साथ उक्त कार्यक्रमको आजबाट सूरुवात गरिएको वडा अध्यक्ष सूर्यकिरण विकले बताएका छन् । वडा अध्यक्ष विकका अनुसार सरसफाई […]
नागरिक रैबार/बाजुरा २६ साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका विच सेवा क्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । साथै वडा कार्यालयले वडा […]
नागरिक रैबार/बाजुरा २६ साउन । बडीमालिका नगरपालिकाका उपमेयर नन्दा कुमारी थापाले विहिबार पालिकाभित्र रहेका स्थानीय बजारहरुको छड्के अनुगमन गरेकी छन् । वर्षातको सयममा स्थानीय बजारहरुमा कालोबजारी, दैनिक उपभोग्य खाद्य सामाग्रीको मुल्य वृद्धि लगायत हुन नदिन उपमेयर थापाले छड्के अनुगमन गरेकी हुन् । नगरपालिकाकी अनुमगन समिति संयोजक समेत रहेकी उपमेयर थापाले स्थानीय बजारहरुमा मापदण्ड अनुसार पसलहरु […]
नागरिक रैबार/बाजुरा २५ साउन। अनेरास्ववियुका पूर्व केन्द्रीय सचिवालय सदस्य स्वर्गिय चेतनदीप ऐडीको हत्याको घटनालाई लिएर प्रतिनिधि सभा सदस्य एवं काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले दिएको गैर जिम्मेवार अभिव्यक्ति प्रति अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले आपत्ति जनाएको छ । सांसद पाण्डेले नेपाल प्रेस युनियन बाजुराले हिजो (बुधबार) विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको गैर […]
नागरिक रैबार/बाजुरा २२ साउन । बाजुरामा माध्यामिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि (पुरक) परिक्षामा १२ सय ७९ बिद्यार्थीहरु सहभागी हुने भएका छन । गएको चैत्र १७ गतेको एसईई परिक्षामा केही विषयमा अनुतिर्ण भएका र ग्रेडवृद्धि गर्न चाहने बिद्यार्थीहरु सहभागी हुने भएका हुन् । जिल्ला भरिका ५ सय ७५ जना छात्र र ७०४ जना छात्रा गरेर कुल […]
नागरिक रैबार/बाजुरा २१ साउन।बाजुरा जिल्लाको स्वास्थ्य उपचार समस्या र सेवाको सुधार गर्न माग गर्दै स्वतन्त्र राजनीतिक अभियान्ता हेमराज थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतलाई ध्यानाकर्षण गराएका छन् । बाजुरामा स्वास्थ्य उपचार सेवा प्रभावकारी नभएर बाजुरेली जनताले अकालमै ज्यान गुमाउनु परेको र जिल्लामा दरवन्दी अनुसार स्वास्थ्य कर्मीको अभाव भएको भन्दै स्वास्थ्य मन्त्री बस्नेतलाई मन्त्रालयमै […]
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुरामा विद्युत अनियिमत भएको र जनताले विद्युतको समस्या दिनहुँ झेल्नु परेको भन्दै एमाले निकट अनेरास्ववियुले नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अनियमित हुने गरेको भन्दै अनेरास्ववियु बाजुराले विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको हो । विगत १ महिना यता प्रत्येक दिन विद्युत सेवा अनियमित […]
नागरिक रैबार/बाजुरा १७ साउन।राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा बुधबारदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ । सदरमुकाम मार्तडीस्थित नेकपा एमाले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयको एक कोठामा आफ्नो सम्पर्क कार्यालय रहने गरी कार्यालय स्थापना गरिएको सचिव विष्न कार्कीले बताएका छन् । कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवदेखि प्रत्येक महिनाको १ र १५ गते पुरुष र महिलाविच देउडा खेल संचालन हुने भएको छ ।सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले महिनाको १ र १५ गते लाईभ देउडा संचालन गरिने भएको हो । लाईभ देउडाको पहिलो दिन हिजो साउन १५ गते चर्चित […]
नागरिक रैबार/बाजुरा १५ साउन। मार्तडी-गौमुल घटमुना सडक अवरुद्ध भएको छ । निरन्तरको अविरल वर्षासंगै सडकमाथिबाट पहिरो गएपछि मार्तडी-गौमुल सडक अवरुद्ध भएको हो । करिव १४ किलोमिटर रहेको उक्त सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । बडीमालिका नगरपालिका-९ को ठुलीसाँगु, मेलकाँध, २ को थलारा, मैमातोला नजिकै सडकमा पहिरो खसेर भत्काएपछि सडक अवरुद्ध […]
नागरिक रैबार/बाजुरा ९ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ भित्र रहेका २ ओटा आधारभुत विद्यालयमा अध्ययनरत साना बालवालिकालाई दिवाखाजाको रुपमा स्थानीय कृषकले उत्पादन गरेको परिकार खुवाईने भएको छ । वडा नं ९ भित्र रहेका २ वटा मष्टेश्वरी आधारभुत विद्यालय चौराटा र दवारीका आधारभुत विद्यालयमा अध्ययनरत साना बालबालिकालाई दिवाखाजाका रुपमा अवदेखि वडाभित्रै स्थानीय कृषकहरुले उत्पादन […]
नागरिक रैबार/बाजुरा ९ साउन।प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले आफ्नो कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम मार्तडीको खुलामंच नजिकै संचालन हुने गरी आजबाट प्रेस चौतारीको कार्यालय संचालनमा ल्याइएको हो । कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले बाजुरा जिल्ला कमिटी बाजुराका सचिव भरत थापाले रिवन काटेर उद्धघाटन् गरेका छन् । प्रेस चौतारी बाजुराले सस्थागत रुपमा […]
नागरिक रैबार/बाजुरा ८ साउन । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ७ का दर्जनौ घरहरु बाढी पहिरोको उच्च जोखिम्मा परेका छन् । आईतबार राति आएको अबिरल बर्षाका कारण घर वरिपरि पहिरो बग्न थालेपछी सो वडाको ढम्कने लगाएत गाउँमा दर्जनौ घरहरु पहिरोका उच्च जोखिममा परेका हुन । आईबार आएको अविरल बर्षा संगै पहिरोले कुनै मानविय क्षेति नभएपनि […]
नागरिक रैबार/बाजुरा ६ साउन। नेपाली काँग्रेसका संस्थापक सभापति पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराले वृक्षारोपण गरेर दिवस मनाएको छ । नेपाली काँग्रेस बाजुरा र बडीमालिका नगर कार्य समितिको संयुक्त आयोजनामा शनिबार मार्तडीस्थित पार्टी कार्यालय परिसरमा विभिन्न प्रजातीका ५० बढी बोट बिरुवा रोपेको हो । मुलुकमा प्रजातन्त्रको स्थापनाका […]
नागरिक रैबार/बाजुरा १ साउन। सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसको क्याम्पस प्रमुख पदमा रूप वहादुर रौले नियुक्त भएका छन् । यस अघि बाजुरा क्याम्पसकाे क्याम्पस प्रमुखमा शुरेस पण्डित थिए । त्यस्तै बडीमालिका क्याम्पसकाे क्याम्पस प्रमुखमा नरबहादुर कटुवाल नियुक्त भएका छन् । साे क्याम्पसमा यश अघि विरबहादुर कटुवाल रहेका थिए ।
नागरिक रैबार/बाजुरा २४ असार।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्रका ९ वटै वडामा सोलार बत्ती जडान गरेको छ । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन नियमित नहुँदा वडाका सेवाहरु प्रभावित बनेपछि नगरपालिकाले नगरका सवै वडामा बत्तिको विकल्पमा सोलार बत्ती जडान गरेको हो । राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत सेवा नियमित नहुँदा नगरभित्रका वडामा विभिन्न काम गर्न समस्या हुँदै […]
नागरिक रैबार/बाजुरा १६ असार।बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका विपन्न विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ । काठमाडौंमा रहेको दौतरी संस्थाको सहयोगमा मालिका माविका ईसिडि देखि कक्षा ६ सम्मका ५ सय ४८ जना विपन्न विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले बताएका छन् । शनिबार विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरेर विद्यार्थीलाई न्यानो […]