होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनन्ते मेला आजबाट सूरु हुँदै, व्यवस्थित गर्न ३० जना युवा परिचालन गरिने
समाचार

अनन्ते मेला आजबाट सूरु हुँदै, व्यवस्थित गर्न ३० जना युवा परिचालन गरिने

  • नागरिक रैबार
अनन्ते मेला आजबाट सूरु हुँदै, व्यवस्थित गर्न ३० जना युवा परिचालन गरिने

नागरिक रैबार/बाजुरा १२ असोज । अनन्ते मेला आजबाट विधिवत रुपमा सूरु हुने भएको छ । सदरमुकाम मार्तडीको उपरकोटमा लाग्ने मेला आजबाट सूरु हुन् लागेको हो ।

आजबाट सूरु हुने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन हिजो बडीमालिका नगरपालिका ८ को वडा कार्यालयमा स्थानीयबासीहरुको बैठक बसेको थियो ।

बैठकले अनन्ते मेलालाई व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन गरेको छ । खड्क रावल संयोजक रहने गरी ८ सदस्यीय अनन्ते मेला व्यवस्थापन समिति गठन गरिएको हो । त्यस्तै मेला अवधिभर ८ र ९ नम्वर वडाका ३०जना युवाहरुलाई स्वंयसेवकमा रुपमा परिचालन गरिने भएको छ । पदम रावल संयोजक र मनबहादुर विक सहसंयोजक रहने गरी ३० जना स्वंयसेवक परिचालन गरिने बडीमालका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् । उनका अनुसार ३ दिनसम्म लाग्ने मेलामा नेपाल प्रहरी, शसत्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ३ वटा सुरक्षा निकायले मेलालाई व्यवस्थित बनाउन सहयोग गर्ने छन् ।

विज्ञापन

No description available.

त्यस्तै अनन्ते मेला अवधिभर मदिरा विक्रि वितरण तथा सेवनमा रोक लगाउने निणर्य गरिएको छ । जसमा मेला अवधिभर मेला लाग्ने ठाउँमा प्रवेश हुने मुख्य ठाउँहरु बाजुरा क्याम्पस, चैडिल, बालमन्दिर र खेतकाट्ने क्षेत्रभित्र मदिरा विक्रि वितरण तथा सेवनमा निशेध गरिने भएको छ ।

मेला अवधिभर तोकिएका ठाउँमा मदिरा विक्री र सेवन गरेमा अनन्ते मेला व्यवस्थापन समितिको सक्रियतामा स्थानीय निकाय र प्रशासनसंगको सहकार्यमा ५ हजार जरिभाना गर्ने निणर्य गरिएको छ ।

स्थानीयहरुले यस पर्वलाई महाभारतमा कौरवसँगको लडाईमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गर्दछन् ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधिभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा सहित महिला पूरुषविच सवाल जवाफ सहित देउडा खेल समेत लगाईदै आएको छ । त्यस्तै स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने यो अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाउने प्रचलन रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार