होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा उद्योग बाणिज्य संघद्धारा सीडियो पौडेललाई स्वागत
बाजुरा बिशेष

बाजुरा उद्योग बाणिज्य संघद्धारा सीडियो पौडेललाई स्वागत

  • नागरिक रैबार
बाजुरा उद्योग बाणिज्य संघद्धारा सीडियो पौडेललाई स्वागत

नागरिक रैबार/बाजुरा ३ असोज।बाजुरा उद्योग बाणिज्य संघले भर्खैरै आउनु भएका प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई स्वागत गरेको छ ।

उद्योग बाणिज्य संघले बुधबार सिडियो पौडेल र बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र साप्कोटालाई टिका, माला र डायरी दिएर स्वागत गरेको संघका वरिष्ट सदस्य सुरेन्द्र नाथले जानकारी दिएका छन् ।

No description available.

विज्ञापन

सिडियो पौडेल र प्रमुख प्रशासकीय अधिकृत साप्कोटालाई स्वागत गर्दै उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष रोकायाले भने प्रशासनीक क्षेत्रबाट बाजुराका व्यापारी र उद्योगीहरुको हकहित, स्थानीय बजारको अनुगमन र जिल्लाको शान्ति सुरक्षा थप मजवुत बनाउनु पर्ने बताएका छन् ।

स्वागत कार्यक्रममा बोल्दै सिडियो पौडेलले बाजुराको समग्र शान्ति सुरक्षा र विकास निर्माणका सवालमा बाजुरा उद्योग बाणिज्य संघ लगायत सरोकारवाला निकायसंग निरन्तर समन्वय गरेर अगाडि बढ्ने बताएका छन् । उनले जिल्लामा आफु रहँदा सम्म कानुनमा टेकेर जिल्लाबासीलाई सेवा दिने बताएका छन ।

उद्योग बाणिज्य संघ बाजुराको आयोजनामा सिडियो पौडेल र प्रमुख प्रशासकीय अधिकृत साप्कोटालाई गरिएको स्वागत कार्यक्रममा संघका महासचिव रमबहादुर शाहीले बाजुरामा उद्योग बाणिज्य संघले गरेका हालसम्मका कामहरुको प्रगति बारे जानकारी गराएका थिए ।
बाजुरा उद्योग बाणिज्य संघका अध्यक्ष देवबहादुर रोकायाको अध्यक्षतामा गरिएको स्वागत कार्यक्रममा संंघका प्रथम उपाध्यक्ष चक्र बहादुर रोकायाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन संघका सचिव देवेन्द्र नाथले गरेका थिए ।

यस अघिका तत्कालिन सिडियो पुष्कर खड्का बाजुराबाट सरुवा भइ डडेल्धुरा जिल्लाको सहायक सिडियोको जिम्मेवारी सम्हाल्ने गरी गएका छन् भने उनको ठाउँमा पाैडेल आएका हुन् । पाैडेलले यस अघि पर्सा जिल्लाको सहायक सिडियो भइ काम गरेका थिए।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि