होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अखिल क्रान्तिकारीद्वारा भलिबल प्रतियोगिता आयोजना
Breaking News

अखिल क्रान्तिकारीद्वारा भलिबल प्रतियोगिता आयोजना

  • नागरिक रैबार
अखिल क्रान्तिकारीद्वारा भलिबल प्रतियोगिता आयोजना

राजेन्द्र विक बाजुरा,२ असोज।अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाइ कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना संचालन भएको छ। हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ मनाउन गइरहेको ९औं संविधान दिवसको अवसर पारी अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको समन्वय र अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी बाजुरा बाजुरा अध्यक्ष खेमराज साउंदले बताए।

बाजुरा क्याम्पसमा अध्यनरत विभिन्न संकायका विद्यार्थी बिच संचालन भएको भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई अध्यक्ष पारस बुढा रहेका थिए भने प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देबकी मल्ल रहेकी थिइन्। बिशिस्ट अतिथी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउँद, माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य जलुदेबी रोकाया, माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा बडिमालिका नगर इन्चार्ज मानबहादुर बिक, बाजुरा क्याम्पस का क्याम्पस प्रमुख रुपक बहादुर रौले,अतिथी नेकपा माओवादी केन्द्र कार्यलय सचीव चन्द्र बहादुर थापा,नेकपा माओवादी केन्द्र गौमुल गाउपालिका अध्यक्ष महेन्द्र धामी,नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समिती सदस्य बिष्णु रावल, वाइसीएल सुदुरपश्चिम प्रदेश समिति सदस्य दिलिप रोकाया, गोपाल साउद निबर्तमान क्याम्पस प्रमुख शुरेशप्रशाद पण्डित सदुरपश्चिम बिश्वबिद्धालय प्राध्यापक संघ इकाइ सभापति भिम बिस्ट क्याम्पस प्रशासन प्रमुख मदन जोशी लगायत रहेका थिए ।

बाजुरा क्याम्पसको प्राङ्गणमा संचालन भएको भलिबल प्रतियोगिता समारोहमा क्याम्पसमा अध्यनरत छात्र छात्रा खेल प्रेमी लगायत १ सय बडिको उपस्थिती रहेको थियो।उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्रकि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देवकी मल्लले खेल स्वास्थ्य जीवन र राष्ट्रको पहिचानका लागि महत्त्वपूर्ण रहेकाले भलिबल प्रतियोगिता कार्यक्रम अत्यन्तै प्रशसंनिय रहेको बताएकी छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि